नेभिगेशन
सबै कुरा

नागरिकता किर्ते प्रकरण : वीरगंजका मेयरमाथि कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रीको निर्देशन

काठमाडाैँ ।  नागरिकता किर्तेमा संलग्न वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेयर सिंहले अर्कैकी छोरीलाई आफ्नै छोरी भनी नागरिकता दिलाएको विषयमा गृह मन्त्रालयको छानबिन समितिले यसअघि नै अध्ययन सकेर मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको थियो तर कारबाही प्रक्रिया अघि बढेको थिएन् । छानबिन समितिले बुझाएको उक्त प्रतिवेदनमाथि आइतबार  गृहमन्त्रीले परामर्श गरेका थिए । 

Ncell
Extreme Energy

उक्त परामर्शपश्चात मेयरलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रीले लामिछानेले पर्सा प्रहरी प्रमुख एसपी कुमोद ढुंगोललाई फोन गरेर निर्देशन दिएको गृह मन्त्रालय स्रोतले सिधाकुरालाई बतायो । 

वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताबारे अनुसन्धान गर्न चौतर्फी उजुरी परेपछि गृह मन्त्रालयले अध्ययनका लागि उपसचिवको नेतृत्वमा छानबिन टोली वीरगञ्ज पठाएको थियो । 

त्यस्तै मेयरको किर्तेमा जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला सरकारी वकिलको कार्यालयको पत्रको समेत अवज्ञा गरेको थियो । सो विषयमा समेत छानबिन गरेर कारबाही गर्न प्रहरी प्रमुखलाई गृहमन्त्री लामिछानेले निर्देशन दिएका छन् । 

जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफैँ बाबु बनेर मेयर सिंहले किर्ते जन्मदर्ता लगायतको प्रमाणपत्रको आधारमा नागरिकता दिलाएका थिए । सोही नागरिकताका आधारमा नागरिकता पाएकी युवती अहिले पासपोर्ट समेत बनाएर विदेश उडिसकेकी छिन । मेयर सिंहको किर्ते प्रकरण जोगाउन गठबन्धनकै सरकार लागिरहेको भन्दै सदनदेखी सडकसम्म अवाज उठेपनि उनलाई कारबाही प्रक्रिया अगाडी बढाएको थिएन । सिधाकुराले पुस २४ गते मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषय सार्वजनिक गरेको थियो । त्यसलगत्तै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा १६ जनाले जाहेरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साले गठन गरेको छानबिन समितिले काम गर्न नसकेपछि गृह मन्त्रालयले ३ सदस्यीय छानबिन समिति बनाएर वीरगंज पठाएको थियो ।

स्थानीय तह निर्वाचनदेखि मेयर हुँदासम्म एक श्रीमती र छोरा मात्रै रहेको विवरण पेश गरेका मेयर सिंहले गृह मन्त्रालयको छानबिन समितिसँग भने दुई वटा श्रीमती रहेको बयान दिएका थिए । यसअघि दुई वटा परिवारको विवरण लुकाएका मेयर सिंहले गृह मन्त्रालयलाई बयान दिएकै भोलिपल्ट कान्छी श्रीमती भनिएकी महिला रिता भट्टराईले मेयर सिंहको निर्देशनमा कानुनी दाऊपेचबाट जोगिन जिल्ला अदालत पर्सामा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी थिइन् ।

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु






वीरगंजका मेयर सिंहसँग 'पति' नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले दर्ता गरिन अंश र डिभोर्स मुद्दा

नागरिकता दिलाइएकी युवतीको जन्म दर्तामा पनि किर्ते

कारबाहीबाट जोगिन प्रधानमन्त्रीको शरणमा वीरगंजका मेयर राजेशमान ! 

मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गरेर कारबाही गर्न वीरगंज काँग्रेसको माग

वीरगंजका मेयर राजेशमान सिंहसहित ३ जना विरुद्ध सरकारी कागज किर्तेमा जाहेरी दर्ता

वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।

भर्खरै