नेभिगेशन
सबै कुरा

मुलुकको अर्थतन्त्र संकटको अवस्थामा पुगेको छैन : अर्थमन्त्री पुन

काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र संकटको अवस्थामा नपुगेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमा मन्त्री पुनले अर्थतन्त्रमा केहि समस्या देखिएपनि संकटको अवस्थामा भने नपुगेको बताएका हुन् । उनले सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी  रहेको धारणा राखेका छन् । 

Ncell
Extreme Energy

एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति अहिले रहेको  विप्रेषण आप्रवाह राम्रो अवस्थामा रहेको र बैंक वित्तीय संस्थामा पर्याप्त तरलता रहेको भन्दै मन्त्री पुनले अव विस्तारै लगानी पनि बढ्ने दावी गरे ।

उनले बाह्य क्षेत्र र खासगरी भुक्तानी सन्तुलन बिग्रिँदा समस्यामा परेको अर्थतन्त्र अहिले निकै मजबुद बनेको धारणा राखे । मन्त्री पुनले आफ्नो कार्यकतालमा यसअघि अवलम्बन गरिएका कार्यक्रमका साथै सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने जिकिर गरे ।

उनले कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

कोषका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषको खुद मौज्दात रू दुई खर्ब ४० अर्ब ५१ करोड रहेको छ भने यो अवधिमा कोषले विभिन्न क्षेत्रमा रु दुई खर्ब ३५ अर्ब पाँच करोड बराबर लगानी गरेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।