नेभिगेशन
सबै कुरा

‘प्रहरीको कार्यक्षमता मूल्यांकनका आधारमा पदोन्नती हुन्छ, चलखेल गरे निर्मम व्यवहार हुन्छ’ – गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको कार्यक्षमता मूल्यांकनका आधारमा पदोन्नती र जिम्मेवारी निर्धारण गरिने बताएका छन् । त्यस्तै उनले प्रहरीको गैर–व्यवसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने पनि बताएका छन् । आइतबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय, हल्चोकमा आयोजित निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले कानूनले निर्दिष्ट गरेको काम गर्न आदेश नकुर्न निर्देशन दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्षमता मूल्यांकनका आधारमा पदोन्नती र जिम्मेवारी निर्धारण गरिने बताउँदै लामिछानेले सरुवा, बढुवा वा जिम्मेवारी निर्धारणमा कतैबाट दबाब वा प्रभाव पार्ने, अनुचित चलखेल गर्ने र व्यवसायिक प्रतिस्पर्धाभन्दा अन्य उपायको खोजी गर्नेलाई कडा कारबाही गरिने चेतावनी समेत दिए । ‘अनुचित दबाब र प्रभावमा परेर स्वार्थका लागि पेशागत मर्यादा बर्खिलाप जाने, सन्दीग्ध गतिविधि गर्ने, अवाञ्छित तत्व, आरोपित वा अभियुक्तसँग सम्बन्ध राख्ने र संगठनको अनुशासन उलंघन हुने गतिविधिमा संलग्न उपर निर्मम व्यवहार गरिने छ ।’ गृहमन्त्री लामिछानेले भने । 

Ncell
Extreme Energy

कानून कार्यान्वयनमा ढिलासुस्ती, जिम्मेवारी बहनमा आलटाल र नागरिकलाई दुःख–हैरानी दिनेलाई पनि कानून लाग्छ भन्ने ख्याल गर्न लामिछानेले आग्रह गरे । 

लामिछानेले भने, ‘सशस्त्र प्रहरी बल हिजोसम्म कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चाहिँ चल्दैन। चलाउन नसक्ने रहँदैन। कानून पालना गराउने पूर्णअधिकार तपाईंहरुसँग छ, गराउनुस्। कानूनभन्दा माथि निर्देशन हुन सक्दैन, गम्भीरतापूर्वक ख्याल गर्नुहोला ।’ 

संगठनभित्र गैर–व्यवसायिक आचरण गर्नेलाई बचाउने प्रयास भयो वा बेलैमा कारबाहीको भागिदार बनाइएन भने कमाण्डरविरुद्ध समेत एक्सन लिइने बताएका तछन् । गैर–व्यवसायिक आचरण गर्ने साना–ठूला सबै प्रहरीलाई समान व्यवहार गरिने उनको भनाइ छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।