नेभिगेशन
सबै कुरा

‘प्रहरीको कार्यक्षमता मूल्यांकनका आधारमा पदोन्नती हुन्छ, चलखेल गरे निर्मम व्यवहार हुन्छ’ – गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको कार्यक्षमता मूल्यांकनका आधारमा पदोन्नती र जिम्मेवारी निर्धारण गरिने बताएका छन् । त्यस्तै उनले प्रहरीको गैर–व्यवसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने पनि बताएका छन् । आइतबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय, हल्चोकमा आयोजित निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले कानूनले निर्दिष्ट गरेको काम गर्न आदेश नकुर्न निर्देशन दिए । 

कार्यक्षमता मूल्यांकनका आधारमा पदोन्नती र जिम्मेवारी निर्धारण गरिने बताउँदै लामिछानेले सरुवा, बढुवा वा जिम्मेवारी निर्धारणमा कतैबाट दबाब वा प्रभाव पार्ने, अनुचित चलखेल गर्ने र व्यवसायिक प्रतिस्पर्धाभन्दा अन्य उपायको खोजी गर्नेलाई कडा कारबाही गरिने चेतावनी समेत दिए । ‘अनुचित दबाब र प्रभावमा परेर स्वार्थका लागि पेशागत मर्यादा बर्खिलाप जाने, सन्दीग्ध गतिविधि गर्ने, अवाञ्छित तत्व, आरोपित वा अभियुक्तसँग सम्बन्ध राख्ने र संगठनको अनुशासन उलंघन हुने गतिविधिमा संलग्न उपर निर्मम व्यवहार गरिने छ ।’ गृहमन्त्री लामिछानेले भने । 

कानून कार्यान्वयनमा ढिलासुस्ती, जिम्मेवारी बहनमा आलटाल र नागरिकलाई दुःख–हैरानी दिनेलाई पनि कानून लाग्छ भन्ने ख्याल गर्न लामिछानेले आग्रह गरे । 

लामिछानेले भने, ‘सशस्त्र प्रहरी बल हिजोसम्म कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चाहिँ चल्दैन। चलाउन नसक्ने रहँदैन। कानून पालना गराउने पूर्णअधिकार तपाईंहरुसँग छ, गराउनुस्। कानूनभन्दा माथि निर्देशन हुन सक्दैन, गम्भीरतापूर्वक ख्याल गर्नुहोला ।’ 

संगठनभित्र गैर–व्यवसायिक आचरण गर्नेलाई बचाउने प्रयास भयो वा बेलैमा कारबाहीको भागिदार बनाइएन भने कमाण्डरविरुद्ध समेत एक्सन लिइने बताएका तछन् । गैर–व्यवसायिक आचरण गर्ने साना–ठूला सबै प्रहरीलाई समान व्यवहार गरिने उनको भनाइ छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै