नेभिगेशन
सबै कुरा

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन : पार्टी परित्याग गरेको एक दिनमै दिपक मनाङेले पाए मन्त्रालयको जिम्मेवारी

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

पुनर्गठित मन्त्रीपरिषदमा दीपक मनाङे र महेन्द्रध्वज जिसी रहेका छन् । आइतबार मात्रै नेकपा एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियत माग गरेका मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेको र नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो साढे तीन बजेका लागि राखिएको बताइएको छ । 

यसअघि भौतिक मन्त्रालयमा नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली र सामाजिक विकास मन्त्रालयमा सुशीला सिम्खडा थिइन् ।

केन्द्रमा भएका सत्ता समीकरण फेरिएपछि त्यसको प्रभाव प्रदेशमा समेत परेको थियो । जहाँ मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै