नेभिगेशन
सबै कुरा

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन : पार्टी परित्याग गरेको एक दिनमै दिपक मनाङेले पाए मन्त्रालयको जिम्मेवारी

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुनर्गठित मन्त्रीपरिषदमा दीपक मनाङे र महेन्द्रध्वज जिसी रहेका छन् । आइतबार मात्रै नेकपा एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियत माग गरेका मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

Ncell
Extreme Energy

मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेको र नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो साढे तीन बजेका लागि राखिएको बताइएको छ । 

यसअघि भौतिक मन्त्रालयमा नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली र सामाजिक विकास मन्त्रालयमा सुशीला सिम्खडा थिइन् ।

केन्द्रमा भएका सत्ता समीकरण फेरिएपछि त्यसको प्रभाव प्रदेशमा समेत परेको थियो । जहाँ मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।