नेभिगेशन
सबै कुरा

नागरिकता किर्ते प्रकरणमा राजेशमान सिंहलाई कारबाही माग गर्दै हस्ताक्षर संकलन, गृहमन्त्रीलाई बुझाउने तयारी

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै निरन्तर आन्दोलन भईरहेको छ । आन्दोलनको तेस्रो दिन सोमबार हस्ताक्षर संकलन गरिएको छ । वीरगंजको घण्टाघर चोकमा राखिएको हस्ताक्षर कार्यक्रममा स्थानीय सर्वसधारण तथा विभिन्न दलका नेता कार्यकर्ताहरुले हस्ताक्षर गरेका छन् । 

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । मेयर सिंह बिरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, गृहमन्त्रालयदेखी ७ वटा निकायमा जाहेरी परेको छ । किर्ते प्रकरण सार्वजनिक भएको अढाई महिना पुग्न लाग्दा हालसम्म कार्वाही प्रकृया अगाडी बढाइएको छैन । यता फैजदारी अभियोगमा उजुरी दर्ता गरेको १० दिन वितिशक्दा समेत पर्सा प्रहरीले अनुसन्धानमा ढिलाई गर्दै आएको प्रदर्शनकारीहरुको आरोप छ । 

शुक्रबार बसेको सर्वदलीय बैठकले किर्तेमाथि किर्ते गरेका मेयर सिंह विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । त्यसैको पहिलो दिन शनिवार मसाल जुलुस, दोश्रो दिन घण्टाघरमा भेला भएर विरोध प्रदर्शन आज तेस्रोदीन हस्ताक्षर संकलन गरिएको हो ।

संकलित हस्ताक्षर गृहमन्त्री रवि लामिछानेलाई बुझाउने तयारी गरिएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै