नेभिगेशन
सबै कुरा

चितवनको भरतपुरलाई साईकल सिटिका रुपमा स्थापित बनाउने अभियान सुरु

काठमाडाैँ । साईकल सिटिका रुपमा चितवनको भरतपुरलाई स्थापित बनाउने अभियान सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भरतपुर भ्रमण बर्ष २०२४ को अवसरमा भरतपुरमा साईकल र्यालीको आयोजना गर्दै अभियानको सुरु भएको घोषणा गरिएको हो । हरेक बर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रुपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार चितवनको भरतपुरमा बृहत साइकल र्यालीको आयोजना गरेको छ ।

Ncell
Extreme Energy

नारायणगढस्थित नारायणी नदी किनारबाट शुरु भएको र्यालीको भरतपुर महानगरका प्रमुख रेनु दाहालले उदघाटन गरेकी थिइन् । सो अवसरमा प्रमुख दाहालले साइकल सिटिका रुपमा भरतपुरको पुरानो पहिचान फर्काउन महानगरले अभियान नै चलाएको बताइन्

‘साईकल चलाऔं, वातावरण जोगाऔ,स्वस्थ रहौं’ भन्ने नारा सहित आयोजना गरिएको र्याली नारायणी नदी किनारबाट शुरु भई टर्मिनल, हामिकचोक, चौवीसकोठी, शहीदचोक, पुल्चोक हुदै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो । चैत १० गते भरतपुरको गणेशस्थानबाट तेस्रो संस्करणको प्रज्ञा स्मृति साईक्लिङ एमटिबी क्रसकन्ट्री ओलम्पिक प्रतियोगिता आयोजना हुने कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिइन् ।

नेपाल साईक्लिङ संघ र चितवन साईकल राईडर्स क्लवको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ५० हजार,४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।