नेभिगेशन
सबै कुरा

चितवनको भरतपुरलाई साईकल सिटिका रुपमा स्थापित बनाउने अभियान सुरु

काठमाडाैँ । साईकल सिटिका रुपमा चितवनको भरतपुरलाई स्थापित बनाउने अभियान सुरु भएको छ । 

भरतपुर भ्रमण बर्ष २०२४ को अवसरमा भरतपुरमा साईकल र्यालीको आयोजना गर्दै अभियानको सुरु भएको घोषणा गरिएको हो । हरेक बर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रुपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार चितवनको भरतपुरमा बृहत साइकल र्यालीको आयोजना गरेको छ ।

नारायणगढस्थित नारायणी नदी किनारबाट शुरु भएको र्यालीको भरतपुर महानगरका प्रमुख रेनु दाहालले उदघाटन गरेकी थिइन् । सो अवसरमा प्रमुख दाहालले साइकल सिटिका रुपमा भरतपुरको पुरानो पहिचान फर्काउन महानगरले अभियान नै चलाएको बताइन्

‘साईकल चलाऔं, वातावरण जोगाऔ,स्वस्थ रहौं’ भन्ने नारा सहित आयोजना गरिएको र्याली नारायणी नदी किनारबाट शुरु भई टर्मिनल, हामिकचोक, चौवीसकोठी, शहीदचोक, पुल्चोक हुदै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो । चैत १० गते भरतपुरको गणेशस्थानबाट तेस्रो संस्करणको प्रज्ञा स्मृति साईक्लिङ एमटिबी क्रसकन्ट्री ओलम्पिक प्रतियोगिता आयोजना हुने कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिइन् ।

नेपाल साईक्लिङ संघ र चितवन साईकल राईडर्स क्लवको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ५० हजार,४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै