नेभिगेशन
सबै कुरा

शान्ति सुरक्षाका हिसाबले निशेधित क्षेत्र आवश्यक छ : गृहसचिव एकनारायण अर्याल

काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा लगाइएको निशेधित क्षेत्र  शान्ति सुरक्षाका हिसाबले आवश्यक रहेको गृह सचिव एकनारायण अर्यालले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहसचिव अर्यालले जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न क्षेत्रलाई तोकेको निषेधित क्षेत्र आवश्यक रहेको बताएका हुन् । ‘काठमाडौँ र ललितपुर जिल्ला प्रशासनहरूले विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । शान्ति सुरक्षा कायम गर्नका लागि निषेधित क्षेत्र आवश्यक देखिएको छ’, गृहसचिव अर्यालले भने ।

Ncell
Extreme Energy

त्यस्तै उनले निषेधित क्षेत्र घोषणा गरिएका क्षेत्रको विकल्प दिनेबारे पनि छलफल भइरहेको बताए । ‘शान्ति सुरक्षा कायम गर्न र मानिसहरूको आवतजावतका गतिविधि प्रभावित हुन नदिन आवश्यक देखिएको छ । पछिल्लो समयमा यसको विकल्प दिने सन्दर्भमा गृह मन्त्रालयमा समेत छलफल भइरहेको छ’, सचिव अर्याले भने । 

जिल्ला प्रशासन काठमाडौँ र ललितपुरले शान्ति सुरक्षा कायम गर्नका लागि विभिन्न स्थानमा निशेधित क्षेत्र तोकेको छ जहाँ ४ भन्दा बढी व्यक्ति जम्मा भएर प्रदर्शन गर्न नपाउने भनिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...
कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चार हजार ७३२ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रा डा गोविन्दराज पोखरेलले...