नेभिगेशन
सबै कुरा

शान्ति सुरक्षाका हिसाबले निशेधित क्षेत्र आवश्यक छ : गृहसचिव एकनारायण अर्याल

काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा लगाइएको निशेधित क्षेत्र  शान्ति सुरक्षाका हिसाबले आवश्यक रहेको गृह सचिव एकनारायण अर्यालले बताएका छन् । 

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहसचिव अर्यालले जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न क्षेत्रलाई तोकेको निषेधित क्षेत्र आवश्यक रहेको बताएका हुन् । ‘काठमाडौँ र ललितपुर जिल्ला प्रशासनहरूले विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । शान्ति सुरक्षा कायम गर्नका लागि निषेधित क्षेत्र आवश्यक देखिएको छ’, गृहसचिव अर्यालले भने ।

City Express

त्यस्तै उनले निषेधित क्षेत्र घोषणा गरिएका क्षेत्रको विकल्प दिनेबारे पनि छलफल भइरहेको बताए । ‘शान्ति सुरक्षा कायम गर्न र मानिसहरूको आवतजावतका गतिविधि प्रभावित हुन नदिन आवश्यक देखिएको छ । पछिल्लो समयमा यसको विकल्प दिने सन्दर्भमा गृह मन्त्रालयमा समेत छलफल भइरहेको छ’, सचिव अर्याले भने । 

जिल्ला प्रशासन काठमाडौँ र ललितपुरले शान्ति सुरक्षा कायम गर्नका लागि विभिन्न स्थानमा निशेधित क्षेत्र तोकेको छ जहाँ ४ भन्दा बढी व्यक्ति जम्मा भएर प्रदर्शन गर्न नपाउने भनिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री सुशीला कार्की र सन्दुक रुइतबीच छलफल, के भयो कुराकानी ?

प्रधानमन्त्री सुशीला कार्की र सन्दुक रुइतबीच छलफल, के भयो कुराकानी ?

जवाफमा डा रुइतले आफुले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । छलफलपछि डा रुइतले आफुले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताए...
मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

सरकारले असोज १ गते  शोक विदा दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय...
जेन–जी प्रदर्शनमा तत्कालिन सरकारले गम्भीर अपराध गरेको रास्वपाको ठहर

जेन–जी प्रदर्शनमा तत्कालिन सरकारले गम्भीर अपराध गरेको रास्वपाको ठहर

प्रवक्ता मनिष झाद्वारा विज्ञप्तीमा भनिएको छ, ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने नागरिकको मौलिक हक उल्लंघन गर्दै तत्कालिन सरकारबाट भदौ २३, २४ मा भएको...
जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

“विद्रोहबाट विस्थापित भएकाको फेरि पुनरागमन हुने अवस्था रहेछ, जनताले ‘म्यान्डेड’ दिनहुन्छ भने पनि त्यसका लागि निर्वाचनमै जानुपर्छ”, मन्त्री अर्यालले भने, “जसले नयाँ जनविद्रोह गर्नुभयो र अहिले यो अवस्था...