नेभिगेशन
सबै कुरा

अब राष्ट्रसेवक प्रहरी कसैको भाँडा माझेर र लुगा धोएर बस्दैनन् : गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानलेले राष्ट्रसेवक प्रहरी कसैको पनि भाँडा माझेर र लुगा धोएर नबस्ने प्रष्ट पारेका छन् । बुधबार प्रतिनिधिसभा मातहतको राज्य व्यवस्था तथा सुसासन समितिमा बोल्दै मन्त्री लामिछानेले सांसदहरुले सुरक्षाका लागि प्रहरीको माग गरेको विषयलाई लिएर उनले प्रतिष्ठाका लागि प्रहरी नपठाइने बताएका हुन् । 

‘सांसदहरुले सुरक्षा माग गर्नुभएको छ । त्यसलाई हामीले गम्भिरतापूर्वक लिएका छौँ । तर सेवा सुविधाका नाममा हाम्रा राष्ट्रेवकहरु कसैको भाँडा माझेर बस्दैनन् । कसैको लुगा धोएर बस्दैनन् । त्यो कुरा स्पष्ट पार्न चाहान्छु ।’, गृहमन्त्री लामिछानेले भने, ‘प्रहरीहरु कसेको प्रतिष्ठाको सुचक बनेर अघिपछि हल्लिएर चाहीँ हिन्दैन । त्यो कुरा म स्पष्ट पार्न चाहान्छु । 

CG

त्यस्तै उनको जोकोही नागरिक होस् वा जो होस्, सुरक्षाको गम्भिर्यतालाई लिएर सुरक्षा दिन गृह मन्त्रालय र राज्य गम्भिर रहेको समेत उनले बताएका छन । नागरिकलाई सुरक्षा दिनु मन्त्रालयको जिम्मेवारी हो, राज्यको जिम्मेवारी हो र मन्त्री भएकाले मेरो पनि जिम्मेवारी हो । तर कसैले प्रतिष्ठाका लागि राष्ट्रसेवकलाई प्रयोग गर्न खोजेको विषय हामी स्विकार गर्न सक्दैनौँ । स्विकार गर्नु हुँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देशलाई चुनौतीबाट निकाल्न निर्वाचन नै वैधानिक उपाय होः संयोजक प्रचण्ड

देशलाई चुनौतीबाट निकाल्न निर्वाचन नै वैधानिक उपाय होः संयोजक प्रचण्ड

सोमबार विराटनगरमा आयोजना गरिएको एकतासन्देशसभामा उनीहरुले अहिले मुलुकमा संकटमा रहेकाले मुलुकको अखण्डता, सार्वभौमिकता र संविधान रक्षा सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताएका हुन् । कार्यक्रममा नेपाली कम्युनिस्ट...
निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ

निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ

सोमबार बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित अन्तरक्रियामा उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मूल दायित्व तत्काल समस्या समाधान गर्दै निर्वाचनको वातावरण तयार गर्ने बताए । उनले भने,...
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति यादवले सन् १९७४ मा दौँत्य सम्बन्ध स्थापना भएपश्चात् नेपाल र फिनल्यान्डबीच कायम रहिआएको मैत्रीपूर्ण सम्बन्धप्रति खुसी व्यक्त गर्दै फिनल्यान्डको सहयोग विशेषतः वन क्षेत्र, जलवायु सहनशीलता, शिक्षा, सुरक्षित...
कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पुस २६ देखि तीन दिनसम्म बस्नेगरी महाधिवेशको मिति तोकेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।