नेभिगेशन
सबै कुरा

अब राष्ट्रसेवक प्रहरी कसैको भाँडा माझेर र लुगा धोएर बस्दैनन् : गृहमन्त्री लामिछाने

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानलेले राष्ट्रसेवक प्रहरी कसैको पनि भाँडा माझेर र लुगा धोएर नबस्ने प्रष्ट पारेका छन् । बुधबार प्रतिनिधिसभा मातहतको राज्य व्यवस्था तथा सुसासन समितिमा बोल्दै मन्त्री लामिछानेले सांसदहरुले सुरक्षाका लागि प्रहरीको माग गरेको विषयलाई लिएर उनले प्रतिष्ठाका लागि प्रहरी नपठाइने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सांसदहरुले सुरक्षा माग गर्नुभएको छ । त्यसलाई हामीले गम्भिरतापूर्वक लिएका छौँ । तर सेवा सुविधाका नाममा हाम्रा राष्ट्रेवकहरु कसैको भाँडा माझेर बस्दैनन् । कसैको लुगा धोएर बस्दैनन् । त्यो कुरा स्पष्ट पार्न चाहान्छु ।’, गृहमन्त्री लामिछानेले भने, ‘प्रहरीहरु कसेको प्रतिष्ठाको सुचक बनेर अघिपछि हल्लिएर चाहीँ हिन्दैन । त्यो कुरा म स्पष्ट पार्न चाहान्छु । 

Ncell
Extreme Energy

त्यस्तै उनको जोकोही नागरिक होस् वा जो होस्, सुरक्षाको गम्भिर्यतालाई लिएर सुरक्षा दिन गृह मन्त्रालय र राज्य गम्भिर रहेको समेत उनले बताएका छन । नागरिकलाई सुरक्षा दिनु मन्त्रालयको जिम्मेवारी हो, राज्यको जिम्मेवारी हो र मन्त्री भएकाले मेरो पनि जिम्मेवारी हो । तर कसैले प्रतिष्ठाका लागि राष्ट्रसेवकलाई प्रयोग गर्न खोजेको विषय हामी स्विकार गर्न सक्दैनौँ । स्विकार गर्नु हुँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...
कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

त्यस्तै बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चार हजार ७३२ मत प्राप्त गरी तेस्रो स्थानमा निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रा डा गोविन्दराज पोखरेलले...