नेभिगेशन
सबै कुरा

अंगुर जिसी सहित ८ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सूचना प्रकाशन गरी ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएका हुन्।

CG

एसपी बढुवामा सिफारिस हुनेहरूमा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय बजेट शाखामा कार्यरत डिएसपी ढेकेन्द्र खतिवडा, जिल्ला प्रहरी परिसर काठमाडौंको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत डिएसपी अंगुर जिसी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेपाल प्रहरी आत्मरक्षा तथा खेलकुद प्रशिक्षक समूह महाराजगंजमा कार्यरत डिएसपी यादब ढकाल र नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण काठमाडौंमा कार्यरत डिएसपी सन्तोष तामाङ छन्।

 त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगालमा कार्यरत डिएसपी श्यामबाबु ओलिया, नेपाल प्रहरी विद्यालय साँगामा कार्यरत डिएसपी निरञ्जन दत्त भट्ट , प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्सालमा कार्यरत डिएसपी राजन लिम्बू र नेपाल प्रहरी पहरा गण मुख्यालय सामाखुशी काठमाडौंमा कार्यरत डिएसपी विनोद घिमिरे एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

सबै (११०) स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, लोकतान्त्रिक...
कुखुरा, बाख्रा, स्यालले मोर्चा गरेर सिहंको शिकार हुन्छ ? :  केपी ओली

कुखुरा, बाख्रा, स्यालले मोर्चा गरेर सिहंको शिकार हुन्छ ? :  केपी ओली

‘प्रधानमन्त्री बनाइसके मान्छेले । हामी चुनाब पर्खिरहेका छौँ, कहिले होला ? फागुन २१ मा होला, बैशाखमा होला ? य अर्को मंसिरमा होला ! हामी चुनाब पर्खिरहेका छौँ ।...
मोहना अन्सारी रास्वपाको समानुपातिक बन्द सूचीमा

मोहना अन्सारी रास्वपाको समानुपातिक बन्द सूचीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारको सूूचीमा मोहना अन्सारी पनि परेकी छिन् । उनी मुस्लिम महिला क्लस्टरको दोस्रो नम्बरमा छिन् । उनी अधिकारकर्मीका रुपमा परिचित छिन् ।
निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

निर्वाचन आयोगमा ६४ दलले बुझाए समानुपातिक बन्द सूची

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।