नेभिगेशन
सबै कुरा

इलाम पुगेर सुरक्षा प्रमुखहरुलाई गृहमन्त्री रवि लामिछानेको निर्देशन: 'के गरौं भनेर सोध्नुभयो भने तपाईंलाई चाहिँ के गर्ने हो सोच्नुपर्छ'

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम(२ मा वैशाख १५ गते हुने उपनिर्वाचन तयारीबारे जानकारी लिएका छन्।

इलाम पुगेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन दिएका हुन्। 

‘एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उपनिर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउनु होला’, उनले भने। 

निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन गृह मन्त्रालयले तत्काल गर्नुपर्ने काम भए जानकारी गराउन निर्देशन दिँदै मन्त्री लामिछानेले आवश्यक समन्वय र स्रोतसाधन उपलब्ध गराउने बताए। 

‘अन्य विषय कानुनले दिएको अधिकार प्रयोग गर्नुस्। के गरौं भनेर सोध्नुभयो भने तपाईंलाई चाहिँ के गर्ने हो सोच्नुपर्छ’, उनले भने। 




प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचन तयारीसहित जिल्लाको वस्तुस्थिति, सेवा प्रवाहको अवस्था, सुरक्षा चुनौतीलगायत विषयमा गृहमन्त्री समक्ष जानकारी गराए।




प्रजिअ यादवका अनुसार उपनिर्वाचनमा ३ हजार सुरक्षाकर्मी परिचालन गरिने छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै