नेभिगेशन
सबै कुरा

नेपाल ‘ए’ टिम आयरल्याण्ड वुल्भ्ससँग पराजित

काठमाडौँ । नेपाल ‘ए’ टिम आयरल्याण्ड वुल्भ्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जितका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८४ रनमा सीमित भयो । नेपालको आजको हारसँगै जारी टी–२० शृङ्खला आयरल्याण्ड वुल्भ्सले एक खेल अगावै जितेको छ । शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड वुल्भ्स २१ रनले विजयी भएको थियो ।

Ncell
Extreme Energy

नेपालका लागि देव खनालले २५ बल खेल्दै सात चौकाको सहयोगमा ४७ रन बनाए भने बसिर अहमदले २७, बिनोद भण्डारीले २६, लोकेश बमले २५ रनको योगदान दिए । 

आयरल्याण्ड वुल्भ्सका लागि वेन ह्वाइटले तीन विकेट लिए भने फिओन ह्याण्ड र थोमस माएजले दुई÷दुई विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय २४ रनको विशाल योगफल तयार पारेको थियो ।

उसका लागि निल रकले अविजित ७१ रन बनाए । उनले ३४ बल खेल्ने क्रममा सात छक्का र एक चौका प्रहार गरे । साथै पिटर मूरले ६५ रन बनाए । उनले सात छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक जेम्स म्याकोलुमले २६, रोद अदिरले १७ , फिओन ह्याण्डले १९ रनको योगदान दिएका थिए । 

नेपाल ‘ए’का लागि सागर ढकालले तीन विकेट लिए भने कमल ऐरी, पवन सर्राफले एक÷एक विकेट लिए । शृङ्खलाको तेस्रो खेल आगामी सोमबार हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...