नेभिगेशन
सबै कुरा

'बरु हार मञ्जुर छ तर बुथ कव्जा मञ्जुर छैन': केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने दावी गरेका छन् । 

एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मतका हिसावले पनि अन्तिम समयमा उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने दावी गरे ।

एमालेभन्दा माओवादीको मत धेरै भएको भए एमालेले सहयोग गर्ने भएपनि अहिलेको अवस्थामा माओवादीको मत कम देखिएकाले एमालेले छाड्न नमिल्ने बताए ।

ओलीले एमाले अन्दाजका भरमा हिड्ने पार्टी नभएको र कहाँको मत कति छ भन्ने स्पष्ट हिसाव राखेकाले एमालेले यसपटक शानदार ढंगले जित्ने बताए ।

उनले उपनिर्वाचनमा दुई सय युवाका दरले एउटा मतदान केन्द्रमा शान्तिपूर्ण तर बेठिक हुन नदिने गरि बस्न निर्देशन दिए । ओलीले हार्न मञ्जुर रहेको र बुथ कव्जा मञ्जुर नरहेको बताए । 

त्यस्तै ओलीले विगतमा विभिन्न कारणले एमाले विरुद्ध खतरनाक गठबन्धनको सामना गर्नुपरेपनि यसपटकसुखद परिणामतर्फ रुपान्तरित चाहेको धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै