नेभिगेशन
सबै कुरा

सांसद सुमोना श्रेष्ठको प्रश्न : स्लाइन पानी चढाएर बचाउन सकिने बिरामीले पनि मर्नुपर्ने ?

२१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांस सुमोना श्रेष्ठले कान्ती बाल अस्पतालमा पालो नपाएर बालिकाको मृत्यु भएको घटना सिस्टमको असफलताका कारण भएको बताएकी छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले अस्पतालका डाईरेक्टरको नियुक्ती राजनीतिक हुन्छ कि क्षमताले हुन्छ भन्दै प्रश्न गरेकी छिन् । 

उनले भनिन्, ‘कान्ती बाल अस्पतालमा जे भयो त्यो हाम्रो सिस्टमको असफलता हो । जैले पनि क्षतिपुर्ती दिने, ठूलो भाषण गर्ने, थामथुम गर्ने तर यस्तो अवस्था आउन नदिन सार्थक प्रयास नगर्ने । आफूभित्र पनि हेर्नुप¥यो नी, भागबण्डाको आधारमा डाईरेक्टर अपोन्ट(नियुक्त) हुन्छ कि क्षमताको आधारमा ? म सभामुखमार्फत प्रश्न सोध्न चाहन्छु अर्थमन्त्री ज्यू र स्वास्थ्यमन्त्री ज्यूलाई, कान्तीमा ६८ प्रतिशत नर्सिंङ जनशक्तीको अभाव देखाइएको छ यो सही हो ? डिजास्टर कल भयो कि भएन ड्युटीमा नभएका जनशक्तिलाई बोलाउन ? बिरामी स्टेबल गरेर ५०० मिटर पर रहेको टिचिङ अस्पतालको सहयोग लियो कि लिएन ? राजधानीमा प्राथमिक उपचार केन्द्रहरुको अवस्था के छ ? फ्रि हस्पिटल केयरको स्थिती के छ ? एम्बुलेन्समा पारामेडिक छ कि छैन ? त्यो स्लाइन पानी चढाएर बचाउन सकिने बिरामीले पनि मर्नुपर्ने ?’

City Express

केही दिनअघि कान्ती बाल अस्पतालमा एक बालिकाको इमर्जेन्सीमा २ घण्टा कुर्दा पनि उपचार पाउन नसकेपछि मृत्यु भएको थियो ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए ।
हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको भन्दै उनले हैजा नियन्त्रणमा लिन ध्यान केन्द्रीत गरेको बताए । उनले नारायणी अस्पतालमा विरामीको निशुल्क उपचार भइरहेको र निशुल्क...
तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्जमा ९३ जनामा देखियो हैजा

वीरगञ्जमा ९३ जनामा देखियो हैजा

नारायणी अस्पतालमा  आरडिटी जाँचमा  ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम...