नेभिगेशन
सबै कुरा

सांसद सुमोना श्रेष्ठको प्रश्न : स्लाइन पानी चढाएर बचाउन सकिने बिरामीले पनि मर्नुपर्ने ?

२१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांस सुमोना श्रेष्ठले कान्ती बाल अस्पतालमा पालो नपाएर बालिकाको मृत्यु भएको घटना सिस्टमको असफलताका कारण भएको बताएकी छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले अस्पतालका डाईरेक्टरको नियुक्ती राजनीतिक हुन्छ कि क्षमताले हुन्छ भन्दै प्रश्न गरेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनिन्, ‘कान्ती बाल अस्पतालमा जे भयो त्यो हाम्रो सिस्टमको असफलता हो । जैले पनि क्षतिपुर्ती दिने, ठूलो भाषण गर्ने, थामथुम गर्ने तर यस्तो अवस्था आउन नदिन सार्थक प्रयास नगर्ने । आफूभित्र पनि हेर्नुप¥यो नी, भागबण्डाको आधारमा डाईरेक्टर अपोन्ट(नियुक्त) हुन्छ कि क्षमताको आधारमा ? म सभामुखमार्फत प्रश्न सोध्न चाहन्छु अर्थमन्त्री ज्यू र स्वास्थ्यमन्त्री ज्यूलाई, कान्तीमा ६८ प्रतिशत नर्सिंङ जनशक्तीको अभाव देखाइएको छ यो सही हो ? डिजास्टर कल भयो कि भएन ड्युटीमा नभएका जनशक्तिलाई बोलाउन ? बिरामी स्टेबल गरेर ५०० मिटर पर रहेको टिचिङ अस्पतालको सहयोग लियो कि लिएन ? राजधानीमा प्राथमिक उपचार केन्द्रहरुको अवस्था के छ ? फ्रि हस्पिटल केयरको स्थिती के छ ? एम्बुलेन्समा पारामेडिक छ कि छैन ? त्यो स्लाइन पानी चढाएर बचाउन सकिने बिरामीले पनि मर्नुपर्ने ?’

Ncell
Extreme Energy

केही दिनअघि कान्ती बाल अस्पतालमा एक बालिकाको इमर्जेन्सीमा २ घण्टा कुर्दा पनि उपचार पाउन नसकेपछि मृत्यु भएको थियो ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।