नेभिगेशन
सबै कुरा

उपत्यकाको सडकमा जडान भएको ‘एएनपीआर’ क्यामेराले कसरी काम गर्छ ? (भिडियाे)

काठमाडौँ । गत शुक्रबार ललितपुरको एकान्तकुनाबाट कलंकी गइरहेका हरि श्रेष्ठ बल्खु चोकमा जाममा थिए । रातो ट्राफिक बत्तिमा कुरिरहेका उनलाई ट्राफिक प्रहरी आएर सडकको बायाँ साइडतर्फ लिएर गए । अन्य मोटरसाइकलहरू पनि रहेको सो जाममा एक्लै प्रहरीको फन्दामा परेपछि हरि ट्राफिक प्रहरीसँग आफूले गल्ति नगरेको भन्दै झोक्किए ।


Dish Home
Global Ime Bank

डिउटीमा खटिएका ट्राफिक प्रहरीले हरिलाई सवारी चालक अनुमति पत्र र सवारी धनी पुर्जा देखाउन भने । उनले सबै कागजात पनि सहजै दिए तर गल्ति के हो भनेर झोक्किइरहे । 

कागजपत्र हातमा लिएपछि ट्राफिक प्रहरी अधिकारीले हरिलाई सोधे ‘तपाईँ एकान्तकुनाबाट बल्खुसम्म आइपुग्दा तपाईंको बाइकको गति कति थियो ?’, हरि अक्क न बक्क भए । 

'हरियो ज्याकेट लगाएको, कालो हेलमेट भएको, निलो रङ्गको बाइक नम्बर...को पल्सर बाइक तपाईँकै होइन ? तपाईंको बाइक १२० किलो मिटर प्रतिघण्टाको गतिमा सडकमा गुडेको थियो ।'

आफ्नो सबै हुलियासहित केही मिनेट अघिको बाइकको गति नै प्रहरीले भन्दिएपछि हरिले भने ‘सरी सर थाहा थिएन।’

ट्राफिक प्रहरीले उनलाई उच्च गतिमा सवारी चलाएको र सो प्रकरणमा पहिलो पटक गल्ति गरेकाले सामान्य सजाय गर्दै अब गल्ति नगर्न सुझाएर पठायो । 

                                                          000

कोटेश्वरको अत्यासलाग्दो जामबाट निस्किने बितिक्कै ईश्वर बरामले चलाएको पिकअप भ्यान बत्तिएर तीनकुनेतर्फ दौडियो ।

दिउँसो ३ बजेको समयमा उक्त भ्यान करिब २ मिनेट प्रतिघण्टा ८० किलोमिटर भन्दा उच्च गतिमा दौडिएको थियो । यसरी भ्यान बत्ताएको कुरा ईश्वरलाई मात्रै थाहा छ । सो दिन उनी कतातिर काममा लागे । तर, आइतबार बिहान उनी नयाँ बानेश्वर चोकबाट  ट्राफिक प्रहरीको नियन्त्रणमा पुगे । 

ट्राफिकले किन समातेको उनले पनि भेउ पाएनन् तर सबै कागजात बुझाइसकेपछि उनलाई ट्राफिक प्रहरी अधिकृतले सोधे, 'शुक्रबार ३ बजे कोटेश्वरबाट आउँदा किन यसरी उच्च गतिमा भ्यान दौडाएको ?'

ईश्वरले ट्राफिक प्रहरीलाई ठूलो आँखाले हेर्दै भने, 'हँ ? तपाईंलाई कसरी थाहा भयो ?'

जुनियर ट्राफिक प्रहरी अधिकृतले पुनः सोधे, 'हो की होईन ?'

सुरुमा इश्वरले 'होइन' भनेर झुट बोले तर ट्राफिकले 'भिडियो देखाऊँ ?' भनेपछि उनी अत्तालिएर गल्ति स्वीकार गरे । 

                                                          000

पछिल्लो केही महिनादेखि सवारी चालकलाई थाहै नभएको तर ट्राफिक प्रहरीले गल्तिको प्रमाणसहित कारबाही गर्ने कार्य नियमित जस्तो बनेको छ ।

काठमाडौँका सडकमा उच्च गतिका कारण हुने दुर्घटना न्यूनिकरण गर्न गत साउनमा जडान भएका एएनपीआर अर्थात अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेराको सहायतामा उपत्यकामा हुने ८० प्रतिशत दुर्घटना न्यूनिकरण भएको ट्राफिक प्रहरीले दाबी गरेको छ । 

काठमाडौँको कोटेश्वर र ललितपुरको थसिखेल र सातदोबाटोमा जडान गरिएका उक्त सर्भिलेन्स क्यामेराले चक्रपथमा तिव्र गतिमा गुड्ने सवारीलाई कारबाही गरी दुर्घटना न्यूनिकरणमा सहयोग पुर्‍याएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उक्त क्यामेराले चक्रपथमा ५० किलोमिटर प्रतिघण्टाको गति पार गरेर सवारी चलाउने चालक, उसको हुलिया र सवारीको गतिसमेत कैद गरेर स्वत ट्राफिक कन्ट्रोल रुममा पठाउँछन् । सोही आधारमा कन्ट्रोल रुममा बसेका ट्राफिक प्रहरीले उक्त स्थानमा खटिएका ट्राफिक प्रहरीलाई जानकारी गराउँछन् र चालक कारबाहीमा पर्छन् । 


उक्त प्रविधिको सहयोगमा ८ महिनाको समयमा करिब ३५ सय ४९ बढी चालकलाई कारबाही गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त नायब महानिरीक्षक  (डीआईजी) पोषराज पोखरेल बताउँछन् । 

‘यो प्रविधि एकदमै उपयोगी भएको छ । ति प्रविधिले गर्दा अहिले ८० देखि ९० प्रतिशत चालकहरूले नियमानुसार सवारी चलाउनुहुन्छ ।’, उनी थप्छन्, ‘अहिले १० प्रतिशत चालक मात्र तिव्र गतिमा सवारी चलाएको शीर्षकमा कारबाहीमा पर्छन् । यसले त्यत्तिकै मात्रमा दुर्घटनाको दर घटाएको छ ।’

क्यामेरा जडान गर्नुअघि राडार गनबाट हुने जाँचमा  कम्तीमा पनि दैनिक एक सय चालक कारबाहीमा पर्ने गरेकामा अहिले (क्यामेरा राखेपछि) चालकहरु अनुशासित भएको उनको भनाई छ । क्यामेरा राखेको  ८ औँ महिनामा आइपुग्दा दैनिक सरदर २० जनामात्र कारबाहीमा पर्ने गरेको डीआईजी पोखरेल बताउँछन् ।


त्यस्तै आगामी दिनमा यस्ता क्यामेराको संख्या थप गर्ने र नियम पालना नगर्ने चालकलाई स्वत कारबाही गर्न सरकारका निकायहरू बीच तालमेल गर्न सके सडक दुर्घटना न्यूनिकरण न्यून गर्न सकिने डीआईजी पोखरेल बताउँछन । ‘यदि कुनै चालकले सडक नियम पालना नगरे, सवारीको विवरणका अनुसार सवारी दर्ता किताबमा स्वत कारबाही थपिने र आफू कारबाहीमा परेको सन्देश चालकको मोबाइलमा बज्ने हो भने यो प्रविधि झनै प्रभावकारी हुन्छ,’ उनी थप्छन्, ‘यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबिच सहकार्य गर्न सकियो भने झनै प्रभावकारी हुन्छ । त्यसका लागि सरकारले सहयोग गर्नुपर्छ ।’

हाल ३ ठाउँमा गति मापन गर्ने एएनपीआर क्यामेरा जडान गरिएको भएपनि उपत्यकाका २ ठाउँमा लेन पालना भएको नभएको भन्ने निगरानी राख्न क्यामेरा जडान गर्ने तयारी गरेको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अज्ञात समूहद्वारा विद्युत् ट्रान्सफर्मर चोरी

अज्ञात समूहद्वारा विद्युत् ट्रान्सफर्मर चोरी

अज्ञात समूहले ट्रान्सफर्मर तोडफोड गरी बाहिरी फलामे भाग फालेर ट्रान्सफर्मरभित्रको तामा र बिजुलीको तार चोरी गरेका हुन् । सूचना अधिकारी पासवानले घटनामा संलग्नहरूको खोजी भइरहेको बताए । 
एमाले संसदीय दलको चारबुँदे निष्कर्ष

एमाले संसदीय दलको चारबुँदे निष्कर्ष

मुख्य सचेतक बर्तौलाले भने, “संसद्मा हुन सक्ने संसदीय मूल्य मान्यता, संस्कृति र नियमावली विपरीत हुने क्रियाकलापको विपक्षमा सदैव उभिँदै संसद्लाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोका...
दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !

दुर्गा प्रसाईँविरुद्ध मुद्दै मुद्दा !

यसरी काठमाडौँमा मात्रै हेर्ने हो भने पनि दुर्गा प्रसाईँविरुद्ध १० भन्दा धेरै कसुर र मुद्दामा अनुसन्धान भइरहेका छन् । यदि उनीमाथी जुन कसुरमा अनुसन्धान भइरहेको छ, सो कसुर...
देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका छन्ः प्रधानमन्त्री ओली

देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका छन्ः प्रधानमन्त्री ओली

हिजोसम्म आगो नै बाल्न खोजेका थिए, शेबहादुरजी फर्केर आउनेबित्तिकै सरकार ढल्छ भनेर, विमानस्थलमा ओर्लिनेबित्तिकै ढल्छ कि जस्तो पारेका थिए, ढल्यो ढल्यो, बांगिसकेको छ, शेरबहादुरजी आउनेबित्तिकै ढलिहाल्छ।’