नेभिगेशन
सबै कुरा

बझाङमा एसईई दिएर बाहिरिने क्रममा विद्यार्थीमाथी चक्कु प्रहार, चार जना घाइते

बझाङ । बझाङमा एसईई दिएर बाहिरिने क्रममा विद्यार्थी माथी कुटपिट भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका ५ को खप्तड मावि परिक्षा केन्द्रमा परिक्षा दिएर फर्कने क्रममा खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलका १७ वर्षिय खपिस थापा माथी कुटपिट भएको प्रहरीले जनाएको छ । थापामाथी खप्तडछान्ना गाउँपालिका ५ का बालकेश सिंह र आनन्द सिंहको समुहले कुटपिट गरेका हुन् । उनीहरुले परिक्षा दिएर परिक्षा केन्द्रबाट बाहिर निस्केका थापाको टाउको, हात, पेटमा चक्कु प्रहार गरी फरार भएको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।  

यस्तै उता दुर्गाथली गाउँपालिकामा पनि एसईई दिएर फकर्ने क्रममा दुई जना विद्यार्थीमाथी कुटपिट भएको छ । आज अन्तिम दिनको परिक्षा दिएर फर्कने क्रममा दुर्गाथली गाउँपालिका १ मोरीबगरमा छविस पाथिभेरा गाउँपालिकाका १ का अभिशेक भण्डारी र खप्तडछान्ना गाउँपालिका २ का बिमल बोगटी माथी कुटपिट भएको हो । 

CG

भण्डारी र बोगटीलाई दुर्गाथली गाउँपालिका १ का प्रकास खाती लगाएत तीनचार जनाको समुहले हातपात गरेको जनाइएको छ ।  कुटपिटबाट दुवै जनाको टाउकोमा चोट लागेको र अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै आज नै मष्टा गाउँपालिकाको भातेखोलामा रहेको कुलमष्टजन मावि परिक्षा केन्द्रमा परिक्षा दिएर फर्किने क्रममा मष्टा गाउँपालिका ६ का मुन्ना बोहरामाथी पनि कुटपिट भएको छ । बोहरालाई बिमल बुढा, बादल बुढा लगाएतको समुहमा आएका केटाहरुले हातपात गरेका हुन । कुटपिटबाट बोहराको अनुहारमा चोट लागेको र कुटपिटमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न सर्वोच्वको निर्देशनात्मक आदेश

सङ्घ, प्रदेश र स्थानीय तहमा सामाजिक न्यायको हक लागू गर्न सर्वोच्वको निर्देशनात्मक आदेश

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा, ४२ को सामाजिक न्यायको हकमा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तकृत,...
युएई सरकारद्वारा दुई सय ७६ नेपालीलाई आममाफी

युएई सरकारद्वारा दुई सय ७६ नेपालीलाई आममाफी

नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आइतबार...
विप्लव नेतृत्वको नेकपाद्वारा चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक

विप्लव नेतृत्वको नेकपाद्वारा चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा(माओवादी)ले चूनाव केन्द्रीत प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । नेकपा(माओवादी) को प्रतिबद्धता पत्रमा प्रतिनिधि सभा र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाइने, न्याय प्रणालीमा...
प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न

प्रत्यक्षतर्फ सुदूरपश्चिमका तीन र कर्णालीका आठ गरी ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई ढुवानीको प्रक्रिया सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।