नेभिगेशन
सबै कुरा

बझाङमा एसईई दिएर बाहिरिने क्रममा विद्यार्थीमाथी चक्कु प्रहार, चार जना घाइते

बझाङ । बझाङमा एसईई दिएर बाहिरिने क्रममा विद्यार्थी माथी कुटपिट भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका ५ को खप्तड मावि परिक्षा केन्द्रमा परिक्षा दिएर फर्कने क्रममा खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलका १७ वर्षिय खपिस थापा माथी कुटपिट भएको प्रहरीले जनाएको छ । थापामाथी खप्तडछान्ना गाउँपालिका ५ का बालकेश सिंह र आनन्द सिंहको समुहले कुटपिट गरेका हुन् । उनीहरुले परिक्षा दिएर परिक्षा केन्द्रबाट बाहिर निस्केका थापाको टाउको, हात, पेटमा चक्कु प्रहार गरी फरार भएको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै उता दुर्गाथली गाउँपालिकामा पनि एसईई दिएर फकर्ने क्रममा दुई जना विद्यार्थीमाथी कुटपिट भएको छ । आज अन्तिम दिनको परिक्षा दिएर फर्कने क्रममा दुर्गाथली गाउँपालिका १ मोरीबगरमा छविस पाथिभेरा गाउँपालिकाका १ का अभिशेक भण्डारी र खप्तडछान्ना गाउँपालिका २ का बिमल बोगटी माथी कुटपिट भएको हो । 

Ncell
Extreme Energy

भण्डारी र बोगटीलाई दुर्गाथली गाउँपालिका १ का प्रकास खाती लगाएत तीनचार जनाको समुहले हातपात गरेको जनाइएको छ ।  कुटपिटबाट दुवै जनाको टाउकोमा चोट लागेको र अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै आज नै मष्टा गाउँपालिकाको भातेखोलामा रहेको कुलमष्टजन मावि परिक्षा केन्द्रमा परिक्षा दिएर फर्किने क्रममा मष्टा गाउँपालिका ६ का मुन्ना बोहरामाथी पनि कुटपिट भएको छ । बोहरालाई बिमल बुढा, बादल बुढा लगाएतको समुहमा आएका केटाहरुले हातपात गरेका हुन । कुटपिटबाट बोहराको अनुहारमा चोट लागेको र कुटपिटमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।