नेभिगेशन
पैसाका कुरा

कागबेनीमा प्रभु बैंककाे क्यु आर स्ट्याण्ड

प्रभु बैंकले नगद रहित भुक्तानी प्रणालीका लागि मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–०४, कागबेनीमा क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ । बैंकले  कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समितिलाई क्यु आर स्ट्याण्ड उपलब्ध गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरेको छ । पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ । 

Ncell
Extreme Energy

हिमाल पारीको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको छ । मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । यसैविच नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिईरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरण तथा सुबिधाका लागि कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समितिलाई एक समारोहका बिच क्यु आर स्ट्याण्ड उपलब्ध गराएको हो । 

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत नागरिकलाई सेवा दिदै आएको छ । ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत सेवा प्रवाह गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...

भर्खरै