नेभिगेशन
सबै कुरा

केयूका तत्कालिन उपकुलपति रामकण्ठ माकाजुलाई कारवाही गर्न आयोगको सिफारिस

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले मापदण्डनै नपुगेका मेडिकल कलेजहरुलाई सम्बन्धन दिएको पाइएको भन्दै तत्कालिन उपकुलपति डा. रामकण्ठ माकाजुलाई कारवाही गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सार्वजनिक गरेको ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’को प्रतिवेदनमा केयूका तत्कालिन उपकुलपति माकाजुले पदिय जिम्मेवारी अनुसार काम नगरेकाले प्रचलित कानुन बमोजिम कारवाही गर्न सिफारीस गरेको हो । 

Ncell
Extreme Energy

प्रतिवेदनमा लेखिएको छ 'केयू जस्तो प्राज्ञिक र स्वायत्त निकायका उपकुलपतिले गुणस्तरीय चिकित्सा शिक्षाका लागि विशेष ध्यान दिई सक्षम, सवल र दक्ष जनशक्ति उत्पादनमा जोड दिन सक्रिय रहनुपर्नेमा हालका उपकुलपति डा. रामकण्ठ माकाजूकै पालामा सन् २०१४ मा विराट मेडिकल कलेज, विराटनगर र देवदह मेडिकल कलेज, रुपन्देहीलाई तोकिएको मापदण्डअनुसारको भौतिक पूर्वाधार, फ्याकल्टी लगायतका पक्षमा ख्याल नगरी नियमावली नै संशोधन गरी सम्बन्धन दिने नियतले विस्तारित कार्यक्रमका नाममा  संचालन अनुमति दिएको र यस आयोगले स्थलगत अनुगमन गरेका समयमा समेत तोकिएका मापदण्डबमोजिमका पूर्वाधार पूर्णरुपमा पूरा गरेको नदेखिंदा तथा गुणस्तर  सुधारका लागि कुनै ठोस गुरुयोजना र प्रयास नभएको र सक्षम र प्रभावकारी प्रशासनिक नेतृत्वका हैसियतले जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्नेमा सो गर्नमा उदासीन भएकाले उपकुलपति डा. रामकण्ठ माकाजुलाई प्रचलित कानूनबमोजिम सचेत गराउने' ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...