नेभिगेशन
सबै कुरा
मेडिकल शिक्षामा अनियमितताः

त्रिविका दुई पूर्व उपकुलपति र अख्तियारका तत्कालिन प्रमुख लोकमान सिंहसमेत ७ जनालाई भ्रष्टाचार कसुरमा कारबाही गर्न सिफारिस

काठमाडौँ । त्रिभुवन विश्व विद्यालयका दुई पूर्व उपकुलपति र अख्तियारका तत्कालिन प्रमुख लोकमान कार्कीसमेत ७ जनालाई भष्टाचार कसुरमा कारबाही गर्न शिक्षा मन्त्रालयलले सिफारिस गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिकात्सा शिक्षामा भएको अनियमितता सम्बन्धि छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । ६ वर्ष अघि तत्कालिन न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले तयार गरेको प्रतिवेदन यस अघिको सरकारले लुकाएको थियो । 

Ncell
Extreme Energy

बुधबार प्रतिवेदन सार्वजनिक गर्दै शिक्षामन्त्री श्रेष्ठले प्रतिवेदनले तोकेअनुसारको कारबाहीका लागि ततका निकायमा लेखि पठाउने निर्णय गरेको हो । 

जसअनुसार मन्त्रालय मातहत गर्न सकिने कारबाही मन्त्रालयले गर्ने र बाँकी अन्य क्षेत्रका हकमा मन्त्रालये कारबाहीका लागि तत्कालै सिफारिस गर्ने मन्त्रालयले जनाएको छ । जसअनुसार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपतिहरु तीर्थराज खनियाँ, हिराबहादुर महर्जन, विश्वविद्यालयका रेक्टर सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विश्वविद्यालयका कानूनी सल्लाहकार नारायण खनाल, अख्तियार दूरुपयोग अनुसन्धान आयोग पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की र मेडिकल काउन्सिलका  पूर्व रजिष्ट्रार डा निलमणि उपाध्याय छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपहिरोपछि काभ्रेका खानी तथा क्रसरमा नियमन कडा, मंसिर ७ सम्म मापदण्ड पूरा गर्न समय

बाढीपहिरोपछि काभ्रेका खानी तथा क्रसरमा नियमन कडा, मंसिर ७ सम्म मापदण्ड पूरा गर्न समय

उद्योग सञ्चालन वा सामग्री ढुवानीका क्रममा सडक, गोरेटो, नदी तथा खोला, नदी किनार, बस्ती, खानेपानीका स्रोत र सिँचाइ संरचनामा प्रतिकूल असर पर्न नदिनुपर्ने निर्णयमा उल्लेख छ। उद्योगका कारण...
यी हुन् आजको मन्त्रिपरिषद बैठकका १३ निर्णय

यी हुन् आजको मन्त्रिपरिषद बैठकका १३ निर्णय

सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। प्रभावित परिवारलाई अस्थायी आवास र जीविकोपार्जनका लागि प्रतिमहिना १५ हजार रुपैयाँदेखि राहत उपलब्ध...
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।