नेभिगेशन
सबै कुरा

यी हुन् चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका उच्चपदस्थहरु (सूचीसहित)

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ’ले मन्त्रालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयले बुधवार प्रतिवेदन सार्वजनिक गरी सिफारिस अनुसार कडाइका साथ कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। जस अनुसार ४३ जना उच्च पदस्थ अधिकारीहरु कारबाहीमा पर्ने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सरकारले मिति २०७४ बैशाख ४ गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४ गठन गरेको थियो । आयोगमा डा. उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका तत्कालिन सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव थिए । उक्त आयोगले २०७४ माघमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । तर हालसम्म उक्त प्रतिवेदन गुपचुप राखिएको थियो । 

Ncell
Extreme Energy

यस्तो छ तत्काल बर्खास्त गर्ने र भविष्यमा सरकारी र अर्ध सरकारी लाभको पदमा नियुक्ति नगर्न आयोगले सिफारिस गरेकाहरुको सूची :

१) तीर्थराज खनियाँ, उपकूलपति– त्रिभुवन विश्वविद्यालय

२) सुधा त्रिपाठी, रेक्टर– त्रिभुवन विश्वविद्यालय

३) डिल्ली उप्रेती, रजिष्ट्रार– त्रिभुवन विश्वविद्यालय

४) अधिवक्ता नारायण खनाल– कानूनी सल्लाहकार, त्रिभुवन विश्वविद्यालय

५) लोकमानसिंह कार्की, पूर्व प्रमुख आयुक्त–अख्तियार दूरुपयोग अनुसन्धान आयोग

६) हिराबहादुर महर्जन, पूर्व उपकूलपति– त्रिभुवन विश्वविद्यालय

७) डा निलमणि उपाध्याय, पूर्व रजिष्ट्रार–मेडिकल काउन्सिल

८) डा.प्रकाशराज न्यौपाने, पूर्व प्रमुख–भक्तपुर क्यान्सर अस्पताल 

९) डा चीनबहादुर (सीबी) पुन, पूर्व कार्यकारी निर्देशक– वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर 

१०) डा.बीपी दास (बलभद्र दास), पूर्व उपकूलपति–वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

११) डा. दामोदरप्रसाद गजुरेल, पूर्व अध्यक्ष– नेपाल मेडिकल काउन्सिल

१२) प्रा.भरत झा

१३) प्रा.डा. गोविन्दप्रसाद शर्मा

१४) प्रा.डा. त्रिलोकपति थापा

१५) प्रा.डा. के बी. राउत

१६) डा. मनोहरप्रसाद गुप्ता

१७) चन्द्रलाल श्रेष्ठ

१८) हिरेन्द्रमान अमात्य

१९) डा.सि.डी. चावला

२०) प्रा. श्यामसुन्दर मल्ल

२१) प्रा.डा.पन्ना थापा

२२) प्रा.डा. रमेशप्रसाद सिंह

२३) डा. जगदीश चटौत

२४) प्रद्युम्न श्रेष्ठ

२५) डा.रमेश कुमार अधिकारी

२६) डा. रोहित श्रेष्ठ

२७) डा. ओजस्वी नेपाल

२८) प्रा.डा. करवीरनाथ योगी

२९) प्रा. डा. ज्योति शर्मा

३०) प्रा. डा.केशवप्रसाद सिंह

३१) प्रा.डा.प्रमोदकुमार श्रेष्ठ

३२) प्रा. डा.परशुराम मिश्र

३३) प्रा. डा.रामप्रसाद उप्रेती

३४) प्रल्हाद पन्त, त्रिवि

३५) डा.अनिल झा

३६) डा. शशी शर्मा 

३७) डा. सरोज श्रेष्ठ

३८) ताराप्रसाद सापकोटा, डिन, कानून संकाय– त्रिभुवन विश्वविद्यालय

३९) रामप्रसाद खतिवडा, डिन, विज्ञान संकाय– त्रिभुवन विश्वविद्यालय

४०) राजेन्द्र पौडेल, त्रिवि कार्यकारी परिषद् सदस्य

४१) हरि पराजुली

४२) डा. रामकण्ठ माकाजु, उपकूलपति–काठमाडौं विश्वविद्यालय

४३) डा अंकुर साह, सदस्य, नेपाल मेडिकल काउन्सिल

त्रिविका दुई पूर्व उपकुलपति र अख्तियारका तत्कालिन प्रमुख लोकमान सिंहसमेत ७ जनालाई भ्रष्टाचार कसुरमा कारबाही गर्न सिफारिस

केयूका तत्कालिन उपकुलपति रामकण्ठ माकाजुलाई कारवाही गर्न आयोगको सिफारिस

चिकित्सा शिक्षामा अनियमितता : यी हुन् त्रिविका दोषी पदाधिकारीहरु

ब्रेकिङ : ६ वर्षदेखि लुकाइएको चिकित्सा शिक्षा जाँचबुझ आयाेगकाे प्रतिवेदन सार्वजनिक, दोषीलाई कारबाही गर्ने शिक्षामन्त्री सुमना श्रेष्ठको निर्णय


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...