नेभिगेशन
सबै कुरा

हरेक कालखण्डका भ्रष्टाचारको अनुसन्धानका गर्न स्वतन्त्ररुपमा उच्चस्तरीय आयोग गठन गर्नुपर्छ : गृहमन्त्री लामिछाने

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हरेक कालखण्डका भ्रष्टाचारको अनुसन्धानका लागि स्वतन्त्ररुपमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन् । जनकपुरधाममा बुधबार प्रदेशस्तरीय सुरक्षा गोष्ठी समापनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले कुनैपनि कालखण्डमा भएका हरेक भ्रष्टाचारको फाइल खोल्नुपर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणको आरोप लगाएर राजीनामा दिनुपर्ने माग गर्दै अवरोध गरेपछि गृहमन्त्री लामिछानेले विगतमा भएका विभिन्न भ्रष्टाचारहरुको समेत फाइल खोल्नुपर्ने बताएका हु्न् । उनले कांग्रेसलाई संसदमा अवरोध नगरी प्रतिपक्षमा रहेर जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे ।

Ncell
Extreme Energy

त्यस्तै उनले प्रहरी समायोजनलाई मूर्त रुप प्रदान गर्नका लागि छलफललाई तीव्रता दिइएको बताएका छन् । ‘प्रहरी समायोजनलाई पूर्णता प्रदान गर्नका लागि गम्भिर भएर छलफललाई तीव्रता दिइएको छ ।’, लामिछानेले भने । 

प्रहरी समायोजनले पूर्णता पाउन केही समय लागेपनि त्रुटीबिना समायोजन गरिने उनले प्रतिबद्धता व्यक्त गरे । ‘प्रहरी समायोजनको विषय ड्राफ्टमा आइसकेको छ, त्यसलाई अल्मलाउने कुरै भएन’, गृहमन्त्री लामिछानेले भने ‘समायोजनको विषयमा थुप्रै काम गर्न बाँकी छ, केही समय लाग्ला तर त्यस विषयमा सरकार गम्भिर छ ।’ 

त्यस्तै प्रहरी समायोजनको विषयमा डुब्लिकेशन, चेन अफ कमाण्ड, वृति विकास लगायतका थुप्रै विषयमा छलफल गर्न बाँकी रहेको उनले बताए  । प्रहरी समायोजनकै विषयलाई लिएर प्रदेशका गृहमन्त्रीहरुसँग दुई चरणको छलफल समेत भई सकेको उनले बताए । यद्यपि यकिन गरेर अहिले पनि प्रहरी समायोजन कहिले हुन्छ भन्ने विषयमा भन्न नसकिने उनको भनाई थियो । 

गृहमन्त्री लामिछानेले प्रादेशिक सुरक्षा गोष्ठीमा प्रदेशका ८ वटै जिल्लामा देखिएका समस्याहरुको पहिचान, ती समस्याहरुको समाधानको खोजी, शान्ति सुरक्षा, राजश्व संकलन लगायतको विषयमा छलफल भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।