नेभिगेशन
सबै कुरा

नाम वासिंग सेन्टरको, काम क्रसर उद्योगको

२२ भदौ, रौतहट - रौतहटमा वासिंग प्लान्टको अनुमती लिएर क्रसर उद्योग संचालन भएको पाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाको बृन्दावन नगरपालिका–१ रमौली बैरीयामा संकट मोचन वासिंग उद्योग र शिवम बालुवा वासिंग उद्योगले वासिंग सेन्टरको नाममा निर्वाध अवैध धन्दा संचालन गरिरहेका छन् । संकट मोचनका संचालक प्रमोद महतो र शिवमका संचालक प्रमोद कुमार साहले वासिंग उद्योगको अनुमती लिएर क्रसरनै संचालन गरेका छन् ।

Ncell
Extreme Energy

उनीहरुले संचालन गरेको उद्योग परिसरमा अग्ला अग्ला ढुंगा र गिटीका थुप्रा छन् । बालुवा प्रशोधन गर्ने भनेर अनुमती लिएका दुवै उद्योगले उद्योग परिसरमै निर्माण सामाग्रीको दररेट नै तोकेर बिक्रि वितरण गर्दै आएका छन् । उनीहरुले बालुवा प्रति ट्रयाक्टर ३५०० रुपैँया, गिटि ३५०० र बोल्डर ४५०० का दरले मूल्य नै तोकेर बिक्रि गर्ने गरेका छन् भने प्रतिटिफर बालुवा १२ हजार ,गिटी १२ हजार र बोल्डर १४ हजार रुपैँंया उनीहरुको दररेट रहेको छ ।


यसरी अवैध रुपमा संचालित यी दुवै उद्योगले राजश्व समेत छलि गरेको पाइएको छ । रौतहटका यी २ उद्योगले वर्षौँदेखि एउटै स्टक प्रमाणित देखाएर राजश्व छल्दै आएको पाइएको छ । करिब १५ लाख घनमिटर भन्दा बढी गिटीको स्टक प्रमाणिकरण माग गर्दा उद्योग संचालकले हरेक साल स्टक प्रमाणिकरण गरेको बताएपनि विवरण भने सार्वजनिक गर्दैनन् ।

त्यतिमात्र नभएर उनीहरुले भ्याट बिल समेत नक्कली काट्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा उद्योगमा कार्यरत एक कर्मचारीले जानकारी दिएका छन् ।

त्यस्तै यी दुई उद्योग मापदण्डविपरित संचालन गरेको पाइएको छ । उद्योग संचालन मापदण्डअनुसार सडकछेउ र नदिछेउमा प्रशोधन केन्द वा क्रसर उद्योग सञ्चालन गर्न पाइँदैन । तर, वर्षौँदेखि मापदण्डविपरीत चलिरहेका यी दुई उद्योग हटाउन कसैले कदम नै चालेका छैनन् । नियामक निकाय उनीहरुमाथी छानबिन गर्ने तत्परता नै देखाउँदैन । राजनीतिक नेतृत्व र प्रशासकसँगको हिमचिमका कारण अवैध धन्दा संचालनले प्रश्रय पाइरहेको स्थानीय बताउँछन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र प्रहरीको संलग्नतामा यस्ता अवैध धन्दा संचालन भएको स्थानीयको आरोप छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।

भर्खरै