नेभिगेशन
सबै कुरा

नाम वासिंग सेन्टरको, काम क्रसर उद्योगको

२२ भदौ, रौतहट - रौतहटमा वासिंग प्लान्टको अनुमती लिएर क्रसर उद्योग संचालन भएको पाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्लाको बृन्दावन नगरपालिका–१ रमौली बैरीयामा संकट मोचन वासिंग उद्योग र शिवम बालुवा वासिंग उद्योगले वासिंग सेन्टरको नाममा निर्वाध अवैध धन्दा संचालन गरिरहेका छन् । संकट मोचनका संचालक प्रमोद महतो र शिवमका संचालक प्रमोद कुमार साहले वासिंग उद्योगको अनुमती लिएर क्रसरनै संचालन गरेका छन् ।

Extreme Energy

उनीहरुले संचालन गरेको उद्योग परिसरमा अग्ला अग्ला ढुंगा र गिटीका थुप्रा छन् । बालुवा प्रशोधन गर्ने भनेर अनुमती लिएका दुवै उद्योगले उद्योग परिसरमै निर्माण सामाग्रीको दररेट नै तोकेर बिक्रि वितरण गर्दै आएका छन् । उनीहरुले बालुवा प्रति ट्रयाक्टर ३५०० रुपैँया, गिटि ३५०० र बोल्डर ४५०० का दरले मूल्य नै तोकेर बिक्रि गर्ने गरेका छन् भने प्रतिटिफर बालुवा १२ हजार ,गिटी १२ हजार र बोल्डर १४ हजार रुपैँंया उनीहरुको दररेट रहेको छ ।


यसरी अवैध रुपमा संचालित यी दुवै उद्योगले राजश्व समेत छलि गरेको पाइएको छ । रौतहटका यी २ उद्योगले वर्षौँदेखि एउटै स्टक प्रमाणित देखाएर राजश्व छल्दै आएको पाइएको छ । करिब १५ लाख घनमिटर भन्दा बढी गिटीको स्टक प्रमाणिकरण माग गर्दा उद्योग संचालकले हरेक साल स्टक प्रमाणिकरण गरेको बताएपनि विवरण भने सार्वजनिक गर्दैनन् ।

त्यतिमात्र नभएर उनीहरुले भ्याट बिल समेत नक्कली काट्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा उद्योगमा कार्यरत एक कर्मचारीले जानकारी दिएका छन् ।

त्यस्तै यी दुई उद्योग मापदण्डविपरित संचालन गरेको पाइएको छ । उद्योग संचालन मापदण्डअनुसार सडकछेउ र नदिछेउमा प्रशोधन केन्द वा क्रसर उद्योग सञ्चालन गर्न पाइँदैन । तर, वर्षौँदेखि मापदण्डविपरीत चलिरहेका यी दुई उद्योग हटाउन कसैले कदम नै चालेका छैनन् । नियामक निकाय उनीहरुमाथी छानबिन गर्ने तत्परता नै देखाउँदैन । राजनीतिक नेतृत्व र प्रशासकसँगको हिमचिमका कारण अवैध धन्दा संचालनले प्रश्रय पाइरहेको स्थानीय बताउँछन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र प्रहरीको संलग्नतामा यस्ता अवैध धन्दा संचालन भएको स्थानीयको आरोप छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

सिधाकुरामा असोज १४ गते बुधबार 'सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रष्ठिानको कार्यकारी निर्देशकमा सिफारिस शीर्षक'मा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण...
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...