नेभिगेशन
सबै कुरा

चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेकोमा शिक्षामन्त्री सुमनालाई गगन थापाको धन्यवाद

काठमाडाैँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको निर्णयलाई सम्मान गरेका छन् । सामाजिक संजाल एक्समा एक स्टाटस राख्दै उनले उक्त निर्णयका लाथि शिक्षामन्त्रीलाई धन्यवाद दिएका छन् ।

आयोग बन्ने तर उक्त आयोगको प्रतिवेदन सार्वजनिक नहुने प्रवृति रहेका बेला मन्त्री श्रेष्ठले गरेको उक्त निर्णय सकारात्मक रहेको उनले बताए । 'आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ । ',उनले भने ।

Global Ime Bank

त्यस्तै उनले आयोगको प्रतिवेदनले खुलाएका आधार,कारण र कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् । आयोगको प्रतिवेदन कार्यान्वयनमा आफूहरुको पूर्ण साथ रहने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ’ले मन्त्रालयलाई बुझाएको प्रतिवेदन बुधबार सार्वजनिक गरेकाे थियाे । ६ वर्षदेखि लुकाइएको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको थियाे । 

नेपाल सरकारले मिति २०७४ बैशाख ४ गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४ गठन गरेको थियो । आयोगमा डा उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका तत्कालिन सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव थिए । उक्त आयोगले २०७४ माघमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । तर हालसम्म उक्त प्रतिवेदन गुपचुप राखिएको थियो । 

ब्रेकिङ : ६ वर्षदेखि लुकाइएको चिकित्सा शिक्षा जाँचबुझ आयाेगकाे प्रतिवेदन सार्वजनिक, दोषीलाई कारबाही गर्ने शिक्षामन्त्री सुमना श्रेष्ठको निर्णय

चिकित्सा शिक्षामा अनियमितता : यी हुन् त्रिविका दोषी पदाधिकारीहरु

त्रिविका दुई पूर्व उपकुलपति र अख्तियारका तत्कालिन प्रमुख लोकमान सिंहसमेत ७ जनालाई भ्रष्टाचार कसुरमा कारबाही गर्न सिफारिस

यी हुन् चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका उच्चपदस्थहरु (सूचीसहित)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुलिङ पिरियड प्रकरणको छानबिन गर्न गठन भयो विशेष संसदीय समिति, को को छन् सदस्य ?

कुलिङ पिरियड प्रकरणको छानबिन गर्न गठन भयो विशेष संसदीय समिति, को को छन् सदस्य ?

संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधान हेरफेर भएको प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन भएको छ । राज्य व्यवस्था समितिमा भएको सहमतिभन्दा फरक प्रतिवेदन...
रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिष्कार

रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिष्कार

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्नका लागि २ मिनेटको समय दिएका थिए । झाले यो सरकार अझै कति गिर्छ भनेर हेर्न बाँकी रहेको भन्दै सरकार...
अरु काण्डमा संसदीय छानबिन समिति बन्ने, भिजिट भिसामा किन नबन्ने ?: दिपक बहादुर सिंह

अरु काण्डमा संसदीय छानबिन समिति बन्ने, भिजिट भिसामा किन नबन्ने ?: दिपक बहादुर सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले अन्य प्रकरणका छानबिन गर्न बनेको संसदीय छानबिन समितिजस्तै भिजिट भिसा प्रकरणमा पनि समिति बन्नुपर्ने माग राखेका छन् । सोमबारको प्रतिनिधिसभाको आकस्मिक...
जन्मदिनमा पूर्वराजाको सन्देश, ‘यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो’

जन्मदिनमा पूर्वराजाको सन्देश, ‘यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो’

पूर्वराजा ज्ञानेन्द्र शाहले यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार आफ्नो ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास पुगेका सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले...

भर्खरै