नेभिगेशन
सबै कुरा

चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेकोमा शिक्षामन्त्री सुमनालाई गगन थापाको धन्यवाद

काठमाडाैँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको निर्णयलाई सम्मान गरेका छन् । सामाजिक संजाल एक्समा एक स्टाटस राख्दै उनले उक्त निर्णयका लाथि शिक्षामन्त्रीलाई धन्यवाद दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोग बन्ने तर उक्त आयोगको प्रतिवेदन सार्वजनिक नहुने प्रवृति रहेका बेला मन्त्री श्रेष्ठले गरेको उक्त निर्णय सकारात्मक रहेको उनले बताए । 'आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट,शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ । ',उनले भने ।

Ncell
Extreme Energy

त्यस्तै उनले आयोगको प्रतिवेदनले खुलाएका आधार,कारण र कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् । आयोगको प्रतिवेदन कार्यान्वयनमा आफूहरुको पूर्ण साथ रहने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’ ’ले मन्त्रालयलाई बुझाएको प्रतिवेदन बुधबार सार्वजनिक गरेकाे थियाे । ६ वर्षदेखि लुकाइएको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको थियाे । 

नेपाल सरकारले मिति २०७४ बैशाख ४ गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४ गठन गरेको थियो । आयोगमा डा उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका तत्कालिन सहसचिव सूर्यप्रसाद गौतम सदस्य सचिव थिए । उक्त आयोगले २०७४ माघमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । तर हालसम्म उक्त प्रतिवेदन गुपचुप राखिएको थियो । 

ब्रेकिङ : ६ वर्षदेखि लुकाइएको चिकित्सा शिक्षा जाँचबुझ आयाेगकाे प्रतिवेदन सार्वजनिक, दोषीलाई कारबाही गर्ने शिक्षामन्त्री सुमना श्रेष्ठको निर्णय

चिकित्सा शिक्षामा अनियमितता : यी हुन् त्रिविका दोषी पदाधिकारीहरु

त्रिविका दुई पूर्व उपकुलपति र अख्तियारका तत्कालिन प्रमुख लोकमान सिंहसमेत ७ जनालाई भ्रष्टाचार कसुरमा कारबाही गर्न सिफारिस

यी हुन् चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका उच्चपदस्थहरु (सूचीसहित)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।