नेभिगेशन
सबै कुरा

मधेशको समस्या समाधान गर्न प्रयासरत छौँ : गृहमन्त्री लामिछाने

वीरगंज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न बहानामा मधेशले  पाएको दुःख अन्त्य गर्न प्रयासरत रहेको बताएका छन् । बारा र पर्साका सुरक्षा निकायका प्रमुख तथा राजस्व चुहावट नियन्त्रण समितिका पदाधिकारीसमेत सहभागी कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले सो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले देशको आधाभन्दा बढी जनसंख्या ओगटेको मधेसले भ्रष्टाचार, लागूऔषध दुव्र्यसनी, महिला हिंसा लगायतका समस्या झेल्नुपरेको र सरकार ती कुरीतिहरु नियन्त्रण गर्न र मधेशको विकासका लागि प्रतिबद्धता रहेको जनाएका छन् । 

त्यस्तै उनले ठेक्कापट्टा, नाला, ढल निर्माण र सडक तथा ठुल्ठुला निर्माण गर्नु मात्रै विकास नभएको र संविधानले प्रत्याभूत गरेको सेवा सुविधा र शान्ति सुरक्षा प्रत्याभुत गराउनु पहिलो विकास भएको बताएका छन् । सोही एजेण्डा बोकेर आफूहरु आएको उनले बताए । 

कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले उद्योगीले उधोग कलकारखाना स्वतन्त्र रूपले चलाउन पाउने र उद्योगीको शान्तिको प्रत्याभूति गर्न प्रहरीले कुनै किसिमको सम्झौता नगर्ने गृहमन्त्रीले बताएका छन् ।  ‘विदेशी लगानी सम्मेलन हाम्रा लागि जति आवश्यकता हो, त्यो भन्दा बढी हाम्रा देशका उधोगी व्यापारी हाम्रा लागी महत्वपूर्ण हुन् ।’, गृहमन्त्री लामिछानेले भने ।

उनले प्रहरी प्रशासनमा तस्करीको लाइन दिने, स्वार्थका लागी सरुवा बढुवा गराउने जस्ता कार्य सँधैका लागि बन्द गराउनका लागि कयौँ कानुनी जटिलताहरू रहेको र कानुन सच्याउने र प्रहरीको सरुवा बढुवामा अटोमेसन प्रणाली लागू गर्न लागेको पनि बताए ।    

गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यतामा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण गोष्ठीमा सीमावर्ती जिल्लामा हुनेगरेको राजस्व चुहावटलाई नियन्त्रण गर्ने तथा राजस्व अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । 

पहिलो सत्रमा प्रहरी तथा भन्सारका पदाधिकारीहरूको गोष्ठी चलेको थियो भने दोस्रो सत्रमा उधोगी व्यापारी तथा पत्रकारहरूसँग अन्तरक्रिया गरिएको थियो । 

गोष्ठीमा गृहमन्त्रीसँगै गृहसचिव एकनारायण अर्याल, अर्थ सचिव कृष्णहरी पुस्कर, अर्थ मन्त्रालयका पदाधिकारी, आन्तरिक राजस्व कार्यालयका उपमहानिर्देशक लगायतका पदाधिकारीहरूसहित बारा र पर्साका सुरक्षा निकायका प्रमुख, उपप्रमुखहरूको उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...