नेभिगेशन
सबै कुरा

मधेशको समस्या समाधान गर्न प्रयासरत छौँ : गृहमन्त्री लामिछाने

वीरगंज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न बहानामा मधेशले  पाएको दुःख अन्त्य गर्न प्रयासरत रहेको बताएका छन् । बारा र पर्साका सुरक्षा निकायका प्रमुख तथा राजस्व चुहावट नियन्त्रण समितिका पदाधिकारीसमेत सहभागी कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले सो बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले देशको आधाभन्दा बढी जनसंख्या ओगटेको मधेसले भ्रष्टाचार, लागूऔषध दुव्र्यसनी, महिला हिंसा लगायतका समस्या झेल्नुपरेको र सरकार ती कुरीतिहरु नियन्त्रण गर्न र मधेशको विकासका लागि प्रतिबद्धता रहेको जनाएका छन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले ठेक्कापट्टा, नाला, ढल निर्माण र सडक तथा ठुल्ठुला निर्माण गर्नु मात्रै विकास नभएको र संविधानले प्रत्याभूत गरेको सेवा सुविधा र शान्ति सुरक्षा प्रत्याभुत गराउनु पहिलो विकास भएको बताएका छन् । सोही एजेण्डा बोकेर आफूहरु आएको उनले बताए । 

कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले उद्योगीले उधोग कलकारखाना स्वतन्त्र रूपले चलाउन पाउने र उद्योगीको शान्तिको प्रत्याभूति गर्न प्रहरीले कुनै किसिमको सम्झौता नगर्ने गृहमन्त्रीले बताएका छन् ।  ‘विदेशी लगानी सम्मेलन हाम्रा लागि जति आवश्यकता हो, त्यो भन्दा बढी हाम्रा देशका उधोगी व्यापारी हाम्रा लागी महत्वपूर्ण हुन् ।’, गृहमन्त्री लामिछानेले भने ।

उनले प्रहरी प्रशासनमा तस्करीको लाइन दिने, स्वार्थका लागी सरुवा बढुवा गराउने जस्ता कार्य सँधैका लागि बन्द गराउनका लागि कयौँ कानुनी जटिलताहरू रहेको र कानुन सच्याउने र प्रहरीको सरुवा बढुवामा अटोमेसन प्रणाली लागू गर्न लागेको पनि बताए ।    

गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यतामा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण गोष्ठीमा सीमावर्ती जिल्लामा हुनेगरेको राजस्व चुहावटलाई नियन्त्रण गर्ने तथा राजस्व अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । 

पहिलो सत्रमा प्रहरी तथा भन्सारका पदाधिकारीहरूको गोष्ठी चलेको थियो भने दोस्रो सत्रमा उधोगी व्यापारी तथा पत्रकारहरूसँग अन्तरक्रिया गरिएको थियो । 

गोष्ठीमा गृहमन्त्रीसँगै गृहसचिव एकनारायण अर्याल, अर्थ सचिव कृष्णहरी पुस्कर, अर्थ मन्त्रालयका पदाधिकारी, आन्तरिक राजस्व कार्यालयका उपमहानिर्देशक लगायतका पदाधिकारीहरूसहित बारा र पर्साका सुरक्षा निकायका प्रमुख, उपप्रमुखहरूको उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।