नेभिगेशन
सबै कुरा

पतञ्जली आयुर्वेद कलेजलाई कारबाही गर्न शिक्षामन्त्री श्रेष्ठले लेखिन उपकुलपतिलाई पत्र

काठमाडाैँ । नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ‘पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, धुलिखेल, काभ्रे’लाई कारवाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले उपकुलपतिलाई पत्र लेखेकी छिन् ।

सो कलेजले चौथो ब्याचमा अध्ययनरत विद्यार्थीहरूलाई सरकारले तोके भन्दा बढी शुल्क लिएको, विद्यार्थीहरूलाई परीक्षामा प्रवेश रोक लगाएको, नियमित अध्यापन र प्रयोगात्मक कक्षा सञ्चालन नगरेको पाइएपछि मन्त्री श्रेष्ठले कारबाहीका लागि उपकुलपतिलाई पत्र लेखेकी हुन् । 

City Express

‘मन्त्रीज्यूले १५ दिन भित्र छानविन गरी दोषीलाई कानूनबमोजिम हदैसम्मको कारवाही गर्न तथा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूलाई पढ्न र परीक्षा दिन पाउने सुनिश्चितता गरी ३ दिन भित्र मन्त्रालयलाई जानकारी गराउन नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा १५ को उपदफा (३) बमोजिम निर्देशन दिनुभएको हो।’, मन्त्रालय स्रोतले भन्यो।

विद्यार्थीहरुले कलेजले शैक्षिक भ्रमण शुल्क लिई शैक्षिक भ्रमण नगराएको, विश्वविद्यालयले तोकेको भन्दा बढी शुल्क लिएको तथा इन्टर्नसिप गरेबापत कलेजले दिनुपर्ने रकम नदिएको, विषयगत विशेषज्ञ शिक्षक नभएको कारण पठनपाठन ठप्प भएको भन्दै शिक्षा मन्त्रालयमा उजुरी गरेका थिए। उक्त विषय  विश्वविद्यालयका जिम्मेवार अधिकारीलाई जानकारी गराउँदा पनि कुनै सुनवाइ नभएको भन्दै विद्यार्थीहरु बारम्बार शिक्षा मन्त्रालयमा गुनासो गर्न पुगेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै देशमा देखिएको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पठनपाठन बन्द गर्ने निर्णय भएको जनाएको छ ।
नेपाल शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्नासँगै ध्यानाकर्षण

नेपाल शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्नासँगै ध्यानाकर्षण

शिक्षकहरुको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले शिक्षकहरुका जायज मागलाई सरकारले सुन्नुपर्ने बताए । उनले शिक्षकका मुद्दालाई संसदबाट समेत उठाउने आश्वासन दिए । सरकारले बेलैमा शिक्षकका मुद्दामा...
शिक्षक महासंघद्वारा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा धर्ना (तस्विरहरु)

शिक्षक महासंघद्वारा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा धर्ना (तस्विरहरु)

नेपाल शिक्षक महासंघले  नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २...
शिक्षक महासंघद्वारा नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना

शिक्षक महासंघद्वारा नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना

शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा एमालेको कार्यालय...