नेभिगेशन
सबै कुरा

पतञ्जली आयुर्वेद कलेजलाई कारबाही गर्न शिक्षामन्त्री श्रेष्ठले लेखिन उपकुलपतिलाई पत्र

काठमाडाैँ । नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ‘पतञ्जली आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, धुलिखेल, काभ्रे’लाई कारवाही गर्न शिक्षामन्त्री सुमना श्रेष्ठले उपकुलपतिलाई पत्र लेखेकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो कलेजले चौथो ब्याचमा अध्ययनरत विद्यार्थीहरूलाई सरकारले तोके भन्दा बढी शुल्क लिएको, विद्यार्थीहरूलाई परीक्षामा प्रवेश रोक लगाएको, नियमित अध्यापन र प्रयोगात्मक कक्षा सञ्चालन नगरेको पाइएपछि मन्त्री श्रेष्ठले कारबाहीका लागि उपकुलपतिलाई पत्र लेखेकी हुन् । 

Ncell
Extreme Energy

‘मन्त्रीज्यूले १५ दिन भित्र छानविन गरी दोषीलाई कानूनबमोजिम हदैसम्मको कारवाही गर्न तथा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूलाई पढ्न र परीक्षा दिन पाउने सुनिश्चितता गरी ३ दिन भित्र मन्त्रालयलाई जानकारी गराउन नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा १५ को उपदफा (३) बमोजिम निर्देशन दिनुभएको हो।’, मन्त्रालय स्रोतले भन्यो।

विद्यार्थीहरुले कलेजले शैक्षिक भ्रमण शुल्क लिई शैक्षिक भ्रमण नगराएको, विश्वविद्यालयले तोकेको भन्दा बढी शुल्क लिएको तथा इन्टर्नसिप गरेबापत कलेजले दिनुपर्ने रकम नदिएको, विषयगत विशेषज्ञ शिक्षक नभएको कारण पठनपाठन ठप्प भएको भन्दै शिक्षा मन्त्रालयमा उजुरी गरेका थिए। उक्त विषय  विश्वविद्यालयका जिम्मेवार अधिकारीलाई जानकारी गराउँदा पनि कुनै सुनवाइ नभएको भन्दै विद्यार्थीहरु बारम्बार शिक्षा मन्त्रालयमा गुनासो गर्न पुगेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...