नेभिगेशन
सबै कुरा

पर्यटकहरुका लागि नयाँ गन्तव्य भच्चेक-बारपाक-माछिखोला ट्रेक (तस्विरहरु)


गोरखा जिल्ला पर्यटकहरुको लागि नयाँ र नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनास्लु हिमाल र मनास्लु सर्कीट, विभिन्न जातीय सँस्कृति तथा संस्कारले गोरखालाई विश्वमा नै चिनाएको छ । पछिल्लो समय सडक यातायातले जोडिएका गोरखा जिल्लाका विभिन्न गाँउहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल समेट बढेको देखिन्छ । यसै सन्दर्भमा पर्यटकहरुका लागि नयाँ गन्तव्यको रुपमा विकास हुदै गरेको छ, भच्चेक, बारपाक माछीखोला ट्रेक ।

City Express

गोरखा जिल्लाको अजिरकोट गाँउपालिका भच्चेकबाट सुरु गरी धार्चे गाँउपालिकाको माछिखोलामा पुगी अन्त्य हुने सो ट्रेक आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक गन्तव्य हुनसक्छ । सो ट्रेकमा भच्चेक बजार, मादले गाँउ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार, बारपाक, लाप्राक, गुम्दा, यामगाँउ, लप्सीबोट गाँउहरु पर्दछ । २०७२ सालको गोरखा भुकम्पले क्षति पुगेका यी गाँउहरुको अवलोकन गर्दै, स्थानिय उत्पादनको स्वाद लिदै यात्रा गर्न सकिने सो रुटमा गुरुङ्ग संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न समेत सकिन्छ । 


राजधानी काठमाडौँको नयाँबसपार्कबाट बाहिन सात बजे भच्चेकको लागि बस छुट्ट सो बसले ३ बजे भच्चेक बजार पुर्याउछ । एक दिन भच्चेक बजारको विभिन्न स्थानहरुको घुमफिर गरि भोलिपल्ट सो रुटका लागि यात्रा सुरु गर्न सकिन्छ । पहिलो दिन भच्चेक, मादले गाँउ, गोगनपानी, हरेनघडेरी, झ्यावा, बालुवा बजार हुदै बारपाकमा बास बस्ने गरि जान सकिन्छ ।

बारपाक यातायातको सुविधाले जोडिएको हुनाले बस तथा विभिन्न यातायातको साधानको प्रयोग गरि समेत बारपाक पुग्न सकिन्छ । करिव १५ सय भन्दा धेरै घरहरु रहेको बारपाक २०७२ सालको गोरखा भुकम्पको केन्द्रविन्दु समेत हो, आन्तरिक तथा बाह्य पर्यटकहरुको निकै चहलपहल देखिने बारपाकले भने भुकम्पपछि आफ्नो मौलिकता गुमाएको छ । परम्परागत घरहरु भत्किएपछि यहाँ आधुनिक र कंक्रिटका घरहरु बनेका छन् । एक दिनको बारपाकको बसाई पछि करिव साढे दुई घण्टाको यात्रापछि पुग्न सकिन्छ धार्चे गाँउपालिकाको लाप्राक गाँउ । लाप्राक पुरानो गाँउ पुग्नु भन्दा पहिले नै लाप्राकको नयाँबस्तीले पर्यटकहरुलाई स्वागत गरिरहेको हुन्छ । 

०७२ को भुकम्प र पहिरोको जोखिमका कारण गैरआवासीय नेपालीहरुले बनाइदिएको सो नयाँबस्ती पर्यटकहरुको अर्को आकर्षणको केन्द्र हो । लाप्राक पुरानो गाँउ पहिरोको जोखिमका विच पनि त्यहाँका मानिसहरु खेतीबारीका लागि भने नयाँबस्तीमा खासै बस्ने गर्दैनन् । आलु, जौं, कोदी नै यहाँको प्रमुख उत्पादन हो । परम्परागत घर तथा गुरुङ संस्कार र संस्कृति अनुसारको अतिथि स्वागत यहाँको विशेषता हो । खेतीबारी, घाँसदाउरामै रमाउने यहाँका मानिसहरुको बानी हो । लाप्राकमा एक दिन बिताएपछि अर्को दिनको यात्रा सुरु हुन्छ गुम्दाको लागि । 

लाप्राकबाट करिब दुई घण्टाको दूूरीमा रहेको गुम्दा गाँउ पनि सडक संजालले जोडिएको छ । पहेँलो जौ बारी, र जौ भित्र्याउनका लागि हतारिएका स्थानीयहरु बारीमा काम गरि रहेको देखिन्छ सो गाँउमा । यहाँ विभिन्न समयमा विभिन्न मेलाहरु लाग्ने गर्दछ, आलु मेला, मकै विवाह यहाँका साँस्कृतिक मेलाहरु मध्येमा पर्दछ । गुम्दामा एक दिन विताएपछि यामगाँउ, लप्सीबोट हुदै माछिखोला पुग्न सकिन्छ । 

माछिखोला बुढिगण्डकी र रेचे खोला (हाइड्रो खोला) को दोभानमा अवस्थित छ, जुन प्रख्यात मनासलु सर्कीटको प्रस्थान विन्दु समेत हो । माछिखोलासम्म गोरखाबजार र काठमाडौँका लागि दिवा तथा रात्रिकालिन सार्वजनिक यातायातको समेत सुविधा रहेको छ ।

यसरी करिव चार देखि पाँच दिनको सो भच्चेक, बारपाक, माछिखोला ट्रेक अन्त्य गर्न सकिन्छ । आर्थिक हिसावले निकै सस्तो रहेको सो ट्रेक सडकको अवस्था सुधार भएपछि मोटरबाइक तथा जिपमा समेट गर्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटकहरुका लागि नयाँ गन्तव्यको रुपमा भच्चेक, बारपाक, माछिखोला ट्रेकस्थापित हुन सक्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाङबारी हिमाल चढ्न गएका दुई इटालियन आरोहीको शव फेला

पाङबारी हिमाल चढ्न गएका दुई इटालियन आरोहीको शव फेला

पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले...
खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

खैरापुरकाे घाँसे मैदानमा चर्दै गरेका कृष्णसार (तस्बिरहरु)

सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेपछि अवलोकनमा आउने स्वदेशी, सार्क र विदेशी पर्यटकहरूलाई छुट्टा छुट्टै शुल्क निर्धारण गरेको छ ।  जस अनुसार विदेशीलाई २ हजार, सार्कबाट आएका पर्यटकलाई...
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार...
सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालका अनुसार निरन्तर झरी परेकाले बिहीबारदेखि...

भर्खरै