नेभिगेशन
सबै कुरा

बाँकेमा बस दुर्घटना : ७ जनाको मृत्यु, ३० घाइते

२३ भदाै, बाँके - बाँकेमा गयराती भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ।

शुक्रबार राति ९ बजेतिर दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । 

City Express

मृत्यु हुनेमा ठाकुरबाबा–९  की ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय काँशीराम थारू, ५० वर्षीया रूपा परियार, ३५ वर्षीया जयन्ती थारू, ६५ वर्षीय साधुराम चौधरी, बस चालक ४५ वर्षीय जुगहादुर चन्द   (ठाकुरबाबा–८ ) र ३५ वर्षीय गाडी सहचालक रहेका छन् । सह चालकको भने पहिचान खुलेको छैन । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए ।
हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

हैजा नियन्त्रणका लागि तीनै तहका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालनः प्रधानमन्त्री

वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको भन्दै उनले हैजा नियन्त्रणमा लिन ध्यान केन्द्रीत गरेको बताए । उनले नारायणी अस्पतालमा विरामीको निशुल्क उपचार भइरहेको र निशुल्क...
तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।
वीरगञ्जमा ९३ जनामा देखियो हैजा

वीरगञ्जमा ९३ जनामा देखियो हैजा

नारायणी अस्पतालमा  आरडिटी जाँचमा  ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम...