नेभिगेशन
सबै कुरा

एसीसी प्रिमियर कप : हङकङविरुद्ध नेपाल ८ विकेटले विजयी

ओमनमा जारी एसीसी प्रिमियर कपमा हङकङविरुद्ध नेपालले जीत हात पारेको छ । ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजीत गरेको हो । हङकङकसँग जीत हात पारेसँगै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वर्षाका कारण ढिलो गरी सुरु भएको खेल १८ ओभरमा झारिएको थियो। जसमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपाललाई हङकङकले निर्धारित १७ दशलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनको लक्ष्य दिएको थियो । हङकङले दिएको लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको हो । 

Ncell
Extreme Energy

नेपालका लागि मोहम्मद आसिफ सेखले सर्वाधिक ४० रन, कुशल भुर्तेलले ३२ रन बनाएका हुन् । त्यस्तै कप्तान रोहित पौडेल र सन्दीप जोराले क्रमश २५ र १९ रन बनाएका हुन् । 

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन् । 

नेपालले यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले तथा दोस्रो खेलमा कतारसँग ३२ रनले विजयी भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।