नेभिगेशन
सबै कुरा

एसीसी प्रिमियर कप : हङकङविरुद्ध नेपाल ८ विकेटले विजयी

ओमनमा जारी एसीसी प्रिमियर कपमा हङकङविरुद्ध नेपालले जीत हात पारेको छ । ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजीत गरेको हो । हङकङकसँग जीत हात पारेसँगै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ । 

वर्षाका कारण ढिलो गरी सुरु भएको खेल १८ ओभरमा झारिएको थियो। जसमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपाललाई हङकङकले निर्धारित १७ दशलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनको लक्ष्य दिएको थियो । हङकङले दिएको लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको हो । 

CG

नेपालका लागि मोहम्मद आसिफ सेखले सर्वाधिक ४० रन, कुशल भुर्तेलले ३२ रन बनाएका हुन् । त्यस्तै कप्तान रोहित पौडेल र सन्दीप जोराले क्रमश २५ र १९ रन बनाएका हुन् । 

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन् । 

नेपालले यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले तथा दोस्रो खेलमा कतारसँग ३२ रनले विजयी भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।