नेभिगेशन
सबै कुरा

विद्यार्थी खोज्दै कालीकोटका सामुदायिक विद्यालय

कालीकोट । कालीकोटका सामुदायिक विद्यालय भर्ना अभियानमा लागेका छन् । सामुदायिक विद्यालय आइतबारदेखि विद्यार्थी भर्ना अभियानका लागि विद्यार्थी खोज्दै घरदैलो जान थालेका हुन् । 

नयाँ शैक्षिकसत्रमा विद्यालय जाने उमेर समूहका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गर्ने लक्ष्यका साथ अभियान सुरु गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएको छ । 

Dish Home
Global Ime Bank

कालीकोटमा रहेका आधारभूत दुई सय २५, माध्यमिक ७५, बालविकास केन्द्र ४२, सामुदायिक सिकाइकेन्द्र ३० वटा र खुला विद्यालय एक गरी विद्यालयले भर्ना अभियान सञ्चालन गरेका इकाइका प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए।

“जिल्लाका नौ स्थानीय तहका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढाउनका लागि अभियान नै सञ्चालन गरेका छौँ”, उनले भने, “सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क भर्नादेखि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजा उपलब्ध गराउँदै आएको छ । त्यही आधारमा सबै बालबालिकालाई विद्यालय भर्ना अभियानमा सहभागी गराउने प्रयास गरिरहेका छौँ ।”

विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न अभियान सुरु गरेको बडिमालिका माव रास्कोटका प्रधानाध्यापक पुष्पराज बरालले बताए। “गत वर्षदेखि नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन सुरु भएकाले त्यसको सन्देश दिन पनि भर्ना अभियान घरदैलो गरिरहेका छौँ”, उनले भने, “गत वर्ष अभियानमार्फत ७५ जना विद्यार्थी थपेका थियौँ । यस वर्ष पनि विद्यालयले विद्यार्थीको सङ्ख्या वृद्धि गर्ने लक्ष्य राखेको छ ।”

जिल्लामा पहिलो स्कुल बस सेवा

सामुदायिक विद्यालयमा आकर्षण बढाउनका लागि जिल्लाका खाँडाचक्र नगरपालिका–८ को जनप्रभात मावि शेरावाडाले पनि घरदैलो अभियानसँगै बससेवा सञ्चालन गरेको छ । विद्यार्थीको सङ्ख्या वृद्धि गर्न र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहनु भन्नाका लागि विद्यालयले बससेवा सञ्चालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक पदमबहादुर मल्लले बताए। 

“जिल्लाका सबै सामुदायिक विद्यालयमध्ये पहिलो पटक हामीले बससेवा सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “भर्ना अभियान जारी रहेको छ । शैक्षिकसत्र २०८१ देखि बससेवा सञ्चालन गर्ने गरेका छौँ ।”

भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा स्कुलले बस उपहार पाएको प्रधानाध्यापक मल्लले जानकारी दिए। “हामीलाई भारत सरकारको सहयोगमा स्कुल बस पाएका छौँ”, उनले भने, “आगामी शैक्षिकसत्रदेखि स्कुलमा अध्ययन गर्ने विद्यार्थीले स्कुल बसबाटै आवातजावत गर्न सजिलो हुनेछ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विद्यालय शिक्षाका सम्बन्धमा सरकारको धारणा प्रस्तुत गर्दै उनले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताए ।
स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९ औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिए। यसका लागि...
त्रिवि उपकुलपतिको कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

त्रिवि उपकुलपतिको कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासनलाई आग्रह गरेको छ ।
शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन

शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन

अर्थमन्त्री विष्णु पौडेलले बिद्यालय शिक्षाको सुधारका लागि आवश्यक योजना ल्याइने र शिक्षक र विद्यार्थी संख्याको अनुपातमा विद्यालय गाभ्ने उल्लेख गरे ।