नेभिगेशन
सबै कुरा

विद्यार्थी खोज्दै कालीकोटका सामुदायिक विद्यालय

कालीकोट । कालीकोटका सामुदायिक विद्यालय भर्ना अभियानमा लागेका छन् । सामुदायिक विद्यालय आइतबारदेखि विद्यार्थी भर्ना अभियानका लागि विद्यार्थी खोज्दै घरदैलो जान थालेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ शैक्षिकसत्रमा विद्यालय जाने उमेर समूहका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गर्ने लक्ष्यका साथ अभियान सुरु गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएको छ । 

Ncell
Extreme Energy

कालीकोटमा रहेका आधारभूत दुई सय २५, माध्यमिक ७५, बालविकास केन्द्र ४२, सामुदायिक सिकाइकेन्द्र ३० वटा र खुला विद्यालय एक गरी विद्यालयले भर्ना अभियान सञ्चालन गरेका इकाइका प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए।

“जिल्लाका नौ स्थानीय तहका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढाउनका लागि अभियान नै सञ्चालन गरेका छौँ”, उनले भने, “सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क भर्नादेखि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजा उपलब्ध गराउँदै आएको छ । त्यही आधारमा सबै बालबालिकालाई विद्यालय भर्ना अभियानमा सहभागी गराउने प्रयास गरिरहेका छौँ ।”

विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न अभियान सुरु गरेको बडिमालिका माव रास्कोटका प्रधानाध्यापक पुष्पराज बरालले बताए। “गत वर्षदेखि नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन सुरु भएकाले त्यसको सन्देश दिन पनि भर्ना अभियान घरदैलो गरिरहेका छौँ”, उनले भने, “गत वर्ष अभियानमार्फत ७५ जना विद्यार्थी थपेका थियौँ । यस वर्ष पनि विद्यालयले विद्यार्थीको सङ्ख्या वृद्धि गर्ने लक्ष्य राखेको छ ।”

जिल्लामा पहिलो स्कुल बस सेवा

सामुदायिक विद्यालयमा आकर्षण बढाउनका लागि जिल्लाका खाँडाचक्र नगरपालिका–८ को जनप्रभात मावि शेरावाडाले पनि घरदैलो अभियानसँगै बससेवा सञ्चालन गरेको छ । विद्यार्थीको सङ्ख्या वृद्धि गर्न र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहनु भन्नाका लागि विद्यालयले बससेवा सञ्चालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक पदमबहादुर मल्लले बताए। 

“जिल्लाका सबै सामुदायिक विद्यालयमध्ये पहिलो पटक हामीले बससेवा सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “भर्ना अभियान जारी रहेको छ । शैक्षिकसत्र २०८१ देखि बससेवा सञ्चालन गर्ने गरेका छौँ ।”

भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा स्कुलले बस उपहार पाएको प्रधानाध्यापक मल्लले जानकारी दिए। “हामीलाई भारत सरकारको सहयोगमा स्कुल बस पाएका छौँ”, उनले भने, “आगामी शैक्षिकसत्रदेखि स्कुलमा अध्ययन गर्ने विद्यार्थीले स्कुल बसबाटै आवातजावत गर्न सजिलो हुनेछ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...