नेभिगेशन
सबै कुरा

६० किलो सुन प्रकरणमा विमानस्थल भन्सारका तीन कर्मचारी पक्राउ

२३ भदौ, काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले ६० किलो सुन प्रकरणमा संलग्न रहेको आशंकामा थप तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भन्सार कार्यालयका अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु कमल परियार र विरेन्द्र नेपाली भएको प्रहरीले जनाएको छ ।

विमानस्थलबाट भन्सार पास भईसकेपछि राजश्व अनुसन्धान विभागको टोलीले उक्त सुन पक्राउ गरेको थियो । पछि उक्त मुद्दाको अनुसन्धानको जिम्मा गैरकानूनी रुपमा सीआईबीलाई दिइएको थियो । 

Global Ime Bank

६० किलाे सुन प्रकरणमा हालसम्म ३० जना पक्राउ परेका छन् । 

सुन तस्करीका मुख्य नाइके दावा छिरिङ समेत पक्राउ परेका छन् । उनको कनेक्सन पूर्व प्रहरी प्रमुख, भन्सारका तत्कालिन महानिर्देशक, ब्यापारीदेखि शिर्ष नेताहरुसम्म देखिएको छ । उनीहरुको कनेक्सन र उनीहरुबिच भएको कुराकानी सिधाकुराले सप्रमाण प्रस्तुत गरिसकेकाे छ । 

EXCLUSIVE : सुन तस्करीका नाइके दावासँग पूर्व IGP धीरज प्रताप सिंहको ‘हिमचिम’

तस्करीको सुन प्रशोधन गर्ने दावाको कम्पनीमा वर्षमान पुनको पारिवारिक साझेदारी

Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?

सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...