नेभिगेशन
सबै कुरा

इजरायली राजदूतले भेटे विपिनको जोशीको परिवार

काठमाडौँ । नेपालका दागि इजरायली राजदूत हनान गोडेरले विपिन जोशीको परिवारलाई भेटेका छन् । गोडेररले विपिनका बाबु, आमा र बहिनिसँग बुधबार भेट गरेका हुन् । भेटका क्रममा विपिनका परिवारले विपिनलाई हमासको कैदबाट तत्काल रिहा गराउन आग्रह गरेका छन् । 

भेटका क्रममा राजदूत गोडेररले विपिनको शिघ्र र सुरक्षित स्वदेश फिर्ताको कामना गरेको छन् । सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायलको ‘सेडट नेगेभु कलेजमा ुलर्न एण्ड अर्नु कार्यक्रममा पुगेको विपिन सहित ४९ जनालाई कलेज ६ समुह बनाएर विभिन्न कृषि फार्ममा राखेको थियो ।

कलेजले विपिन सहित १७ जनालाई प्यालेस्टाइनको गाजासँगै जोडिएको ुकिवुज अलुमिनुको फार्ममा राखेको थियो । यही समुहका १७ जना मध्ये १० जनाले ुहमासुको आक्रमण ज्यान गुमाएका छन् । 

उनीहरू आक्रमण परेको, घाइते भएको खबर अन्य साथीहरूलाई गरेर विपिनले नै गुहार मागेका थिए । गत २० असोज अर्थात, ७ अक्टोबरमा इजरायली भूमिबाट कञ्चनपुरका विपिन हमास समूहको कब्जामा परेका थिए । उनी गत असोजदेखि नै हमासको कब्जामा रहेको बताइएपनि हालसम्म रिहा भएका छैनन् । नेपाल सरकारले उनको उद्धारको पहल भईरहेको बताएपनि ठोस प्रगति भने देखिएको छैन । 

यसअघि राजदूत गोडेरले गत असोजमा इजरायलमा आतङ्कवादी सङ्गठन हमासको आक्रमणमा परी मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग भेटघाट गरेका थिए । गत चैतमा आनन्द साहको घरमै पुगेर गोडेरले उक्त घटनाले आफूलाई दुखी बनाएको बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान...
दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के.चन्द्रकलाले...