नेभिगेशन
सबै कुरा

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा तथा मानव स्रोत केन्द्रको परिपत्र

काठमाडाैँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न राजनीतिक दलमा आबद्ध रहेका शिक्षकलाई कारबाही गर्न परिपत्र गरेको छ । केन्द्रले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको र महाधिवेशन प्रतिनिधि बनेका शिक्षकहरुलाई कारबाही गर्न शिक्षा विकास तथा समन्वय इका र सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गत बैसाख ४ गतेको पत्र कार्यान्वयन गर्न निर्देशन दिएको हो । ‘प्रस्तुत विषयमा श्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ३७०, मिति २०८१÷०१÷०४ को पत्रानुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी मन्त्रालयमा प्राप्त निवेदनहरुका सम्बन्धमा राजनीतिक दलमा संलग्न शिक्षक, कर्मचारीलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ को प्रावधान साथै उच्च अदालत पाटनको रिट नं. ०७८–W०–०४०८, निर्णय नं. ३३६ मा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा (५) को खण्ड (छ) मा रहेको कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ भनी भएको आदेश समेतको आधारमा पदवाट हटाई सो को जानकारी मन्त्रालयमा गराउने र यस्तै प्रकृतिका थप उजुरी निवेदनहरुको सम्बन्धमा समेत निरन्तर कारबाही गर्ने भनी मिति २०८१/०१/०४ मा मन्त्रालय (माननीय मन्त्रीस्तरीय) को निर्णय भइ आएकोले सोही वमोजिम कार्यान्वयन गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।’, पत्रमा भनिएको छ। 

Ncell
Extreme Energy

शिक्षा मन्त्रालयको जिम्मेवारीमा सुमना श्रेष्ठ आउनासाथ उनले निरन्तर राजनीतिक दलमा आबद्ध शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिँदै आएकी छिन् । उक्त निर्णय कार्यान्वयन गराउन उनले सम्बद्ध निकायलाई परिपत्र समेत गरेकी छिन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...