नेभिगेशन
सबै कुरा

कतारका राजा आउँदा विदा दिएको विषयमा रवि लामिछाने : तीन दशकदेखिका अभ्यास सच्याउन समय लाग्छ, धैर्य गरिदिनुहोस्

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा दिइएको सार्वजनिक बिदाको विषयमा प्रस्ट पारेका छन् । सोमबार बसेको मन्त्रीपरिषदले कतारका अमिरको नेपाल भ्रमणका क्रममा मंगलबार सार्वजनिक बिदा दिएपछि भएको चर्को आलोचनाको खण्डन गर्दै नेपालको पुरानो कुटनैतिक र राजनैतिक अभ्यास परिवर्तन गर्न समय लाग्ने र आफूहरु त्यस्ता अभ्यास सच्याउन तत्पर रहेको बताएका छन् । 

मंगलबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले विधि नफेरीकन कोही व्यक्ति र राष्ट्रअनुरुप फरक फरक व्यवहार गर्न उचित नहुने र आफूहरुले पहिलेदेखिनै विरोध गर्दै आएका त्यस्ता प्रवृत्ति सच्याउन आफूहरु लागिरहेको बताएका छन् । ‘विधि नै नफेरीकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरकफरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न। जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।’, लामिछानेले फेसबुकमा लेखेका छन् ।  

City Express

त्यस्तै उनले विगतमा भएका कयौँ नीति र परम्परा सच्याउनुपर्ने विषयमा आफूहरु दृढ रहेको र कतिपय विषयमा आफूले गृहकार्य गरेका कारण रिजल्ट समेत आउने क्रममा रहेको बताएका छन् । ‘विगतका कयौँ निर्णय र परम्परा छन्, जसलाई नीतिगत निर्णय गरि सच्याउनुपर्छ। अनावश्यक विदा, ‘भिआइपी सवारी’ का नाममा नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीलाई कामदार बनाउने परम्परा, केही भुतपूर्वहरुलाई दिइँदै आएको अभुतपुर्व सुविधा लगायतका तमाम विषयमा  पदबहाल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु।  रिजल्ट आउदैछ।’, गृहमन्त्री लामिछानले ले लेखेका छन् । 

गृहमन्त्री लामिछानेले नेपाल भ्रमणमा आउने क्रममा रहेका अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्दै लोकतन्त्रमा आफ्नो देशका नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनुपर्ने र आगामी दिनमा पनि यस्तै खबरदारी गरिरहन आग्रह गरेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...