नेभिगेशन
सबै कुरा

कतारका राजा आउँदा विदा दिएको विषयमा रवि लामिछाने : तीन दशकदेखिका अभ्यास सच्याउन समय लाग्छ, धैर्य गरिदिनुहोस्

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा दिइएको सार्वजनिक बिदाको विषयमा प्रस्ट पारेका छन् । सोमबार बसेको मन्त्रीपरिषदले कतारका अमिरको नेपाल भ्रमणका क्रममा मंगलबार सार्वजनिक बिदा दिएपछि भएको चर्को आलोचनाको खण्डन गर्दै नेपालको पुरानो कुटनैतिक र राजनैतिक अभ्यास परिवर्तन गर्न समय लाग्ने र आफूहरु त्यस्ता अभ्यास सच्याउन तत्पर रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले विधि नफेरीकन कोही व्यक्ति र राष्ट्रअनुरुप फरक फरक व्यवहार गर्न उचित नहुने र आफूहरुले पहिलेदेखिनै विरोध गर्दै आएका त्यस्ता प्रवृत्ति सच्याउन आफूहरु लागिरहेको बताएका छन् । ‘विधि नै नफेरीकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरकफरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न। जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।’, लामिछानेले फेसबुकमा लेखेका छन् ।  

Extreme Energy
citizen life

त्यस्तै उनले विगतमा भएका कयौँ नीति र परम्परा सच्याउनुपर्ने विषयमा आफूहरु दृढ रहेको र कतिपय विषयमा आफूले गृहकार्य गरेका कारण रिजल्ट समेत आउने क्रममा रहेको बताएका छन् । ‘विगतका कयौँ निर्णय र परम्परा छन्, जसलाई नीतिगत निर्णय गरि सच्याउनुपर्छ। अनावश्यक विदा, ‘भिआइपी सवारी’ का नाममा नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीलाई कामदार बनाउने परम्परा, केही भुतपूर्वहरुलाई दिइँदै आएको अभुतपुर्व सुविधा लगायतका तमाम विषयमा  पदबहाल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु।  रिजल्ट आउदैछ।’, गृहमन्त्री लामिछानले ले लेखेका छन् । 

गृहमन्त्री लामिछानेले नेपाल भ्रमणमा आउने क्रममा रहेका अमिर शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्दै लोकतन्त्रमा आफ्नो देशका नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनुपर्ने र आगामी दिनमा पनि यस्तै खबरदारी गरिरहन आग्रह गरेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवर्धन कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौँ महानगरका प्रवक्ता नविन...
विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन्...
दार्चुलाबाट हर्क भन्छन्ः  आमाको  बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

दार्चुलाबाट हर्क भन्छन्ः आमाको बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

कहिल्यै फर्केन भन्दै एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कंदैछु आज’, सांसद साम्पाङले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै घाम नलागेको तुसारोले छोपिएको...
कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

कटारी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी पोशाकमा एकरूपता लागू गर्ने

सोही निर्णयअनुसार हाल कायम रहेको पोशाक खरिद नगर्न अभिभावक तथा सरोकारवालालाई नगरपालिकाले अनुरोध गरेको छ।