नेभिगेशन
सबै कुरा

नाम परिवर्तन गर्न अटेरी गर्ने विद्यालयलाई महानगरले दिने सेवा सुविधामा कटौती

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नाम परिवर्तन गर्न अटेरी गर्ने विद्यालयलाई विषय तथा कक्षा थप गर्न तथा स्थान परिवर्तन गर्न रोक लगाएको छ । आइतबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको वैठकले नाम परिवर्तन नगर्ने विद्यालयलाई निवेदनकमोजिमका आुमति नदिने निर्णय गरेको हो । 

कक्षा तथा विषय थपका लागि महानगरमा ४१ वटा निवेदन परेका थिए । यीमध्ये ७ वटालाई अनुमति नदिने निर्णय गरिएको हो । नाम परिवर्तनको निवेदन प्राप्त भए थप ४ वटालाई अनुमति दिने निर्णय भएको महानगरले जनाएको छ । 

उक्त बैठकमा शिक्षा समितिले २७ वटा विद्यालयलाई भने कक्षा र विषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक, स्रोत शिक्षक र महानगरपालिकाको सहरी योजना आयोगले गरेको स्थलगत अनुगमनबाट प्राप्त सिफारिसका आधारमा कक्षा र विषय थप गर्न अनुमति दिएको हो । 

स्थान परिवर्तनका लागि आएका ७ वटा निवेदनमाथि छलफल गर्दै, नाम परिवर्तनको निवेदन दिएमा ४ वटालाई अनुमति दिने निर्णय भएको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा उल्लेख भएको तर उल्लेख गरिएको ठाउँमा विद्यालय नभएकोले वडा नं. १० थापागाउँको डेनेव एकेडेमीलाई अनुमति दिइएन । यस्तै ठेगाना दिएको स्थान, महानगरपालिका वडा नं. १० वानेश्वरमा नभएकोले काठमाडौँ मेरिगोल्ड स्कूललाई पनि अनुमति नदिइएको हो । निवेदकमध्ये वडा नं. ३१ को भी. एस. निकेतन सेकेण्डरी स्कूलले भने वडा नं. ३२ को सुविधानगरमा स्थान सर्ने अनुमति पाएको छ । 

त्यस्तै वैठकले, नामसारीका लागि आएका ४ वटा निवेदनमध्ये २ वटालाई अनुमति नदिने, २ वटाले नाम परिवर्तनका लागि निवेदन दिए अनुमति दिने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...