नेभिगेशन
सबै कुरा

सीआईबीले लियो दावासँग डिल गर्ने भिमकान्त भण्डारीको बयान

२४ भदौ, काठमाडौं । ६० किलो सुन प्रकरणमा प्रहरीले बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारीसँग बयान लिएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले भण्डारीसँग आइतबार बिहान बयान लिएको हो । सीआईबी स्रोतका अनुसार भण्डारी आज बिहान ९ बजे सीआईबीको कार्यालयमा उपस्थित भएका थिए । 

भिमकान्त भण्डारीको ६० किलो सुन प्रकरणका मुख्य नाइके दावा छिरिङसँग कनेक्सन देखिएको थियो । भिमकान्त र दवाले सिंगापुरको अकाउण्टमा १० मिलियन डलर ट्रान्सफर गर्नेदेखि यौनकर्मी सप्लाईसम्मको कुराकानी भएको विषयमा सिधाकुराले यसअघि नै खुलासा गरिसकेको छ । 

Global Ime Bank


यति मात्र होइन भिमकान्त र दावाको फोनमा पनि पटक–पटक संवाद हुने गरेको तथ्य अनुसन्धानको क्रममा देखिएको सीआईबी स्रोत बताउँछ । यो बाहेक पनि भण्डारीबिरुद्ध विशेष अदालतमा भ्रष्ट्रचार सम्बन्धी मुद्दा चलिरहेको छ । 

सीआईबीले यसअघि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको समेत बयान लिइसकेको छ । 

सीआईबीसँग ६० किलो सुन प्रकरणमा प्रतिवेदन पेश गर्न अब मात्र तीन दिन बाँकी छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...