नेभिगेशन
सबै कुरा

हामीले चुनाव जितिसक्यौँ, निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी छः स्वर्णीम वाग्ले

इलाम । रास्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरुले जितिसकेको तर निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलाम उपनिर्वाचनको मौन अवधी शुरु हुनु अगावै बुधबार पार्टीले राखेको वृहत आमसभामा बोल्दै वाग्लेले चुनाव जितिसकेको घोषणा गरेका हुन् । ‘राजनीति भनेको अंकगणीतको मात्रै कुरा होइन, त्यसो त मतगणना हुन बाँकी नै छ, तर हामीले चुनाव जिति सकेका छौँ ।’ वाग्लेले भने ।

Ncell
Extreme Energy


मन्तव्य राख्ने क्रममा रास्वपाका उम्मेदवार मिलन लिम्बूविरुद्ध विपक्षी दलहरुले अफवाह फैलाइरहेको बताउँदै उनले पुराना दलहरु पराजयबाट तर्सिएको बताए । 

‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई संग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो । तर पुराना दलहरु उसको अभियानबाट अत्ताल्लिएका छन् । त्यसैले आरोप प्रत्यारोपमा उत्रिएका छन् ।’, उनले भने ।

रास्वपाको तनहुँबाट संघीय सांसद रहेका वाग्ले इलाममा बैशाख १५ मा हुन लागेको उपनिर्वाचनको प्रचार–प्रचार तथा घरदैलो कार्यक्रममा सक्रिय छन् । बुधबार राती १२ बजेबाट निर्वाचनको मौन अवधी सुरु हुनु अगावै बुधबार रास्वपाले इलामको देउमाई नगरपालिकाको मंगलबारे तथा इलाम नगरपालिकाको चोक बाजरमा वृहत आमसभाको आयोजना गरेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।