नेभिगेशन
सबै कुरा

हामीले चुनाव जितिसक्यौँ, निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी छः स्वर्णीम वाग्ले

इलाम । रास्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरुले जितिसकेको तर निर्वाचन आयोगले घोषणा गर्न मात्रै बाँकी रहेको बताएका छन् । 

इलाम उपनिर्वाचनको मौन अवधी शुरु हुनु अगावै बुधबार पार्टीले राखेको वृहत आमसभामा बोल्दै वाग्लेले चुनाव जितिसकेको घोषणा गरेका हुन् । ‘राजनीति भनेको अंकगणीतको मात्रै कुरा होइन, त्यसो त मतगणना हुन बाँकी नै छ, तर हामीले चुनाव जिति सकेका छौँ ।’ वाग्लेले भने ।


मन्तव्य राख्ने क्रममा रास्वपाका उम्मेदवार मिलन लिम्बूविरुद्ध विपक्षी दलहरुले अफवाह फैलाइरहेको बताउँदै उनले पुराना दलहरु पराजयबाट तर्सिएको बताए । 

‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई संग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो । तर पुराना दलहरु उसको अभियानबाट अत्ताल्लिएका छन् । त्यसैले आरोप प्रत्यारोपमा उत्रिएका छन् ।’, उनले भने ।

रास्वपाको तनहुँबाट संघीय सांसद रहेका वाग्ले इलाममा बैशाख १५ मा हुन लागेको उपनिर्वाचनको प्रचार–प्रचार तथा घरदैलो कार्यक्रममा सक्रिय छन् । बुधबार राती १२ बजेबाट निर्वाचनको मौन अवधी सुरु हुनु अगावै बुधबार रास्वपाले इलामको देउमाई नगरपालिकाको मंगलबारे तथा इलाम नगरपालिकाको चोक बाजरमा वृहत आमसभाको आयोजना गरेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...