नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरका ४ वटा वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण,२६ जनामा पोजेटिभ संकेत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा  (३१, २५, २७ र ३०) का महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच गर्दा २६ जनामा पोजेटिभ संकेत देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरकाअनुसार उनीहरुमध्ये (जनप्रतिनिधि, कर्मचारी, वडा नं.३१, २५ र २७ गरी) ७७९ जनाको रिपोर्ट आइसकेको छ । रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिइन ।  ७४७ (वडा नं. ३ को १२ गतेको प्राप्त हुन बाँकीबाहेक) जनामध्ये १७५ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।  

Ncell
Extreme Energy

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका स्त्री तथा प्रसुति रोग विशेषज्ञ  डा। सुनिता लम्सालकाअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष क्यामराबाट पाठेघरको मुखको अवस्था हेर्ने) र बायोप्सी (परीक्षणका लागि मासुको नमूना निकाल्ने) गरिएको छ । बायोस्पीको रिपोर्ट आउन ७ दिन लाग्छ । आज रामघाटमा कल्पस्कोपी र वायोप्सीका लागि १२ जनालाई बोलाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।
भोटेकोशी बाढीबाट प्रभावित १३ हजार ३९६ को उद्धार

भोटेकोशी बाढीबाट प्रभावित १३ हजार ३९६ को उद्धार

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।
जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने

जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ ।