नेभिगेशन
सबै कुरा

खोटाङमा वनमा लागेको डढेलो गाउँसम्म फैलदा १३ घर जले

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर जलेका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ जलेको हो । क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार भिरगाउँका मोहनलाल थापामगरको दुईवटा घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुईवटा गोठ, सुवास थापामगरको घर र मचान तथा मदन थापामगरको घर जलेको छ । यस्तै, डढेलोले डान्सिङटारका गङ्गामायाँ मगरको दुईवटा घर र दुईवटा मचान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद रु ५० हजारलगायत जलेको छ । 

Ncell
Extreme Energy

यसैगरी खोर्साने गाउँका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर जलेको छ । डढेलोले डाँडाखर्क गाउँका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ । खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ । 

रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर जलेको छ । डढेलो डाँडाखर्क र खाल्लेबीच, पोखरी–राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय बासिन्दाले बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डढेलो निभाउने प्रयास गरिरहेको भए पनि त्यो सफल नभएको स्थानीय भुवन श्रेष्ठले बताए । 

गत साउनदेखि हालसम्म जिल्लामा एक सय नौ वटा आगलागीका घटना हुँदा रु चार करोड नौ लाख २२ हजार छ सय बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।