नेभिगेशन
सबै कुरा

रौतहटमा पछिल्लो १ बर्षमा सवारी दुर्घटनामा परी ४१ को मृत्यु

रौतहट । रौतहटमा १ बर्षको समयमा  सवारी दुर्घटनामा परेर  ४१ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थीक बर्षको तुलनामा जिल्लामा सवारी दुर्घटनासँगै मृत्यु हुनेको सङ्ख्यामा कमी आएको तथ्यांकमा उल्लेख छ ।  जिल्लाको बिभिन्न स्थानमा भएका ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख,प्रहरी निरीक्षक  सुशील आचार्यले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ। अघिल्लो आर्थिक वर्षमा रौतहटमा ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको मृत्यु भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार  गत आर्थिक वर्ष २०८०र८१ मा  ४१ को मृत्यु भएको र  नियम बिपरित चलेका झण्डै १७ हजार सवारी साधन कारवाहीमा परेका छ्न । नियम विपरित चलाईएका सवारीसाधनको कारबाहीबाट १ करोड ५० लाखभन्दा बढी  राजश्व संकलन भएको छ ।  

Ncell
Extreme Energy

गत साउन देखि यही बैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कारबाही बाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको प्रहरी निरीक्षक  आचार्यले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।