नेभिगेशन
सबै कुरा

इलाम उपनिर्वाचन : अत्यावश्यक सेवा र अनुमतिप्राप्त यातायात बाहेक अन्य बन्द रहने

काठमाडाैँ । आगामी बैसाख १५ मा हुने उपनिर्वाचनलाई केन्द्रित गरेर इलाममा सो दिन अत्यावश्यक सेवा र अनुमति प्राप्त यातायातबाहेक अन्य यातायातका साधन सञ्चालन नगर्ने सहमति भएको छ । बिहिबार इलाम क्षेत्र नं २ मा हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न राजनीतिक दल एवं सरोकारवाला निकायबिच सहमती भएको हो ।

त्यस्तै इलामका सरोकारवाला र राजनीतिक दलबिच भएका सहमति यस्ता छन् :

City Express

आगामी २०८१ बैसाख १५ गतेका दिन यस जिल्लाको निर्वाचन क्षेत्र नं.२ मा हुने उपनिर्वाचनलाई स्वच्छ, निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल एवं सरोकारवाला सबैले आवश्यक सहयोग, समन्वय र सहजिकरण गर्ने ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १७ र १८ ले निषेध गरिएका कार्यहरु मतदान कार्य सम्पन्न नभएसम्मका लागि सम्बन्धित सवैले पूर्णरुपमा पालना गर्ने 

२०५१ बैशाख १५ गते मतदानको दिन विहान ५.०० बजे देखि साँझ ६.०० बजेसम्म अत्यावश्यक सेवाका र अनुमति प्राप्त सवारी साधन बाहेक इलाम जिल्लाभर मेची राजमार्ग लगायत अन्य सबै सहायक मार्गहरुमा सबै किसिमका सवारी साधनको आवागमन बन्द गर्ने । सो सूचना झापा, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई व्यवस्थापनमा सहयोग माग गर्ने ।

मिडिया हाउसको सिफारिसका आधारमा संचारकर्मीहरुलाई मूख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनको दिन सवारी साधन आवागमन अनुमति पत्र उपलब्ध गराउने र आवश्यक सवारी पास समेत मूख्य निर्वाचन अधिकृतको कार्यालय बाट उपलब्ध गराउने ।

मतदानको दिन हिँडडुल गर्न नसक्ने गर्भवती महिला, साथमा आफ्नै बच्चा बोकेकी महिला,किरियापुत्री, शारीरिक रुपले अशक्त वा अपाङ्गता भएका व्यक्ति हिँडडुल गर्न नसक्ने जेष्ठ  नागरिक लगायतलाई मतदान केन्द्रसम्म आउन र फर्कनको लागि सम्बन्धित मतदान केन्द्रबाट सर्वदलीय÷सर्वपक्षीय सहमतीका आधारमा सम्बन्धित मतदान अधिकृतबाट सवारी साधनको अनुमति पत्र उपलब्ध गराउने ।

जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको सहभागितामा निर्वाचन कमाण्ड पोष्ट जिल्ला प्रशासन कार्यालयमा रहने । उक्त कमाण्ड पोष्टमा राजनीतिक दल एवं उम्मेदवारका प्रतिनिधि सहभागी हुन इच्छुक भएमा सहभागी हुन पाउने 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरीक्षण

कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरीक्षण

मंगलवार दिउंसो उनले सिंहदरवार भित्रको प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरिक्षण गरेका हुन् । उनले हिजोमात्रै मन्त्रीको कार्यभार सम्हालेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की र सन्दुक रुइतबीच छलफल, के भयो कुराकानी ?

प्रधानमन्त्री सुशीला कार्की र सन्दुक रुइतबीच छलफल, के भयो कुराकानी ?

जवाफमा डा रुइतले आफुले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । छलफलपछि डा रुइतले आफुले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताए...
मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

सरकारले असोज १ गते  शोक विदा दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय...