नेभिगेशन
सबै कुरा
ललितानिवास प्रकरण

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई धरौटीमा छोड्न आदेश, मीनबहादुरलाई २ करोड ४६ लाख धरौटी तोकियो

२४ भदौ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा जिल्ला अदालत काठमाडौंले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ । सोही प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छोड्न आदेश दिएको छ । 

सीआईबीले बुझाएको राय सहितको प्रतिवेदनमा मुख्य योजनाकार उल्लेख गरेको भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङसँग भने २ करोड ४६ लाख धरौटी माग गरेको छ । जिल्ला अदालतको आदेशमा निम्न व्यक्तिसँग निम्न अनुसारको धरौटी माग गरिएको छ । 

Global Ime Bank

ललितानिवास जग्गा प्रकरणमा ३४ सय १० जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो । उनीहरुमाथि कागजात किर्ते गरेको आरोपमा मुद्दा दायर भएको थियो । जसमध्ये २१ जनाको मृत्यु भइसकेको छ भने अन्य फरार छन् । अदालतले व्यक्ति र संलग्नता अनुसार भिन्दाभिन्दै धरौटी तोकेको हो । 


 

 

 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

शाहका अनुसार, उनी फिल्डबाट फर्किंदा कार्यकक्षमा बसेका तीन व्यक्तिले करार सेवाबाट कर्मचारी हटाएको विषयमा विवाद गर्दै आक्रमण गरेका थिए। ढाड र अनुहारमा मुक्का प्रहार भएको र नाकबाट रगतसमेत...
भोजपुर हत्या घटनाः शवलाई  ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर हत्या घटनाः शवलाई  ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला...
समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

समाजमा बेइज्जत हुने डरले ज्वाइँको कतुर्त प्रहरीलाई बताएनन्, तीनै ज्वाइँले सखाप पारे परिवार

प्रहरी पुग्दा बाँसका भाटाले बारेको, खरले छाएको एक टहरामुनि ४ जनाको बीभत्स हत्या गरेको भेटियो । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको थियो, त्यहीँबाट बगेको रगतले घटनास्थल रक्ताम्मे...
आलम प्रकरणका घाइते काठमाडौँमा, भन्छन्,– श्रीमान म जिउँदै छु, म साक्षी होइन स्वयं प्रमाण हुँ

आलम प्रकरणका घाइते काठमाडौँमा, भन्छन्,– श्रीमान म जिउँदै छु, म साक्षी होइन स्वयं प्रमाण हुँ

चमारले अफ्ताब आलम र उनका समर्थकबाट धम्कीसमेत पाएको दाबी गरेका छन् । “मेरो घरमा मान्छे पठाएर आमालाई धम्क्याएको थियो— ‘तिम्रो छोरा मर्छ’, अहिले पनि मलाई डर लागिरहेको छ,”...