नेभिगेशन
सबै कुरा

महोत्तरीको मटिहानीमा पटकपटक आगलागी, बिचल्लीमा नागरिक

महोत्तरी । महोत्तरीको मटिहानीमा बुधबार भएको आगलागीमा परेर आर्थिक तथा भौतिक क्षति व्यहोरेका मटिहानीवासीमा बिचल्ली उत्पन्न भएको छ । 

बुधवार भएको आगलागीको क्षतिको तथ्यांक संकलन र पीडितहरूले पाउनुपर्ने राहत वितरणको सुरसार हुनै लाग्दा बिहीवार बिहानै मटिहानी–९ सिमरदहीमा रहेको एक इलेक्ट्रोनिक पसलमा  भएको आगलागीको अर्को घटनाले मटिहानी वासीमा झन भय उत्पन्न गरिदिएको  छ ।

Global Ime Bank

बुधवार दिउँसो १ बजे सल्केको आगो अप्रत्याशित ढङ्गले सल्कँदा स्थानीयले के गर्ने के नगर्ने यकिन गर्न सकेनन् । मटिहानीको जरलहवा बस्ती जलिरह्यो, स्थानीय रोइकराइ गरिरहे, अधिकांश पशुचौपाया आगोले खरानी भए । जरलहवा बस्तीमा भएको आगलागीमा मात्र परेर ५ बाख्रा र २ सुंगुर जलेर नष्ट भएका थिए । 

मटिहानीकि अमिना खातुन आफ्नो घरमा रहेको केही पनि जोगाउन नसकेको बताउँछिन् ।  तेजपात बेचेर आफ्नो घरको आवश्यकता पूर्ति गर्दै आइरहेकी अमिना अहिले घरबारविहीन भएकी छिन् । घरभित्र रहेका सबै सामान खरानी भएपछि उनी अहिले मानसिक तनावमा पुगेको बताउँछिन् ।

‘बालबालिकाको विद्यालयको पोशाक, किताब अनि आफूले आर्जन गरेर जोगाएको थोरै पैसा,  गरगहना र बसोबास का लागि आवश्यक सबै सामग्री पूर्णरूपमा आगोमा नष्ट भएपछि आफ्नो र आफ्नो बालबालिकाको भविष्य अब के हुनेहोला ’, उनी सुस्केरा हाल्छिन् । 


जरलहवा बस्तीको भीषण आगलागी ७ घण्टापछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन १ सय ५४ जना नेपाली सेना, सय बढी नेपाल प्रहरी र एक सय २० जना सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । त्यस्तै आगो नियन्त्रण लिनका लागि विभिन्न निकायका १० दमकलको प्रयोग गरिएको थियो । 

आगलागीबाट ९४ घरमा पूर्ण क्षति र ९ घरमा आंशिक क्षति पुगेको छ । हालसम्म संकलन भएको तथ्याङ्कअनुसार उक्त क्षेत्रमा आगलागीबाट कुल १ करोड ६२ लाख ८५ हजार को क्षति भएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए ।  घटनास्थलको क्षतिपूर्ति संकलन गर्ने कार्य चलिरहेको हुँदा उक्त तथ्यांक घटबढ हुनसक्ने नगरप्रमुख मण्डलले बताए । 

आगलागीबाट पीडित परिवारलाई २० हजारका दरले राहत रकम उपलब्ध गराउने जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

“यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ,...
प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरे ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ? |