नेभिगेशन
सबै कुरा

महोत्तरीको मटिहानीमा पटकपटक आगलागी, बिचल्लीमा नागरिक

महोत्तरी । महोत्तरीको मटिहानीमा बुधबार भएको आगलागीमा परेर आर्थिक तथा भौतिक क्षति व्यहोरेका मटिहानीवासीमा बिचल्ली उत्पन्न भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधवार भएको आगलागीको क्षतिको तथ्यांक संकलन र पीडितहरूले पाउनुपर्ने राहत वितरणको सुरसार हुनै लाग्दा बिहीवार बिहानै मटिहानी–९ सिमरदहीमा रहेको एक इलेक्ट्रोनिक पसलमा  भएको आगलागीको अर्को घटनाले मटिहानी वासीमा झन भय उत्पन्न गरिदिएको  छ ।

Ncell
Extreme Energy

बुधवार दिउँसो १ बजे सल्केको आगो अप्रत्याशित ढङ्गले सल्कँदा स्थानीयले के गर्ने के नगर्ने यकिन गर्न सकेनन् । मटिहानीको जरलहवा बस्ती जलिरह्यो, स्थानीय रोइकराइ गरिरहे, अधिकांश पशुचौपाया आगोले खरानी भए । जरलहवा बस्तीमा भएको आगलागीमा मात्र परेर ५ बाख्रा र २ सुंगुर जलेर नष्ट भएका थिए । 

मटिहानीकि अमिना खातुन आफ्नो घरमा रहेको केही पनि जोगाउन नसकेको बताउँछिन् ।  तेजपात बेचेर आफ्नो घरको आवश्यकता पूर्ति गर्दै आइरहेकी अमिना अहिले घरबारविहीन भएकी छिन् । घरभित्र रहेका सबै सामान खरानी भएपछि उनी अहिले मानसिक तनावमा पुगेको बताउँछिन् ।

‘बालबालिकाको विद्यालयको पोशाक, किताब अनि आफूले आर्जन गरेर जोगाएको थोरै पैसा,  गरगहना र बसोबास का लागि आवश्यक सबै सामग्री पूर्णरूपमा आगोमा नष्ट भएपछि आफ्नो र आफ्नो बालबालिकाको भविष्य अब के हुनेहोला ’, उनी सुस्केरा हाल्छिन् । 


जरलहवा बस्तीको भीषण आगलागी ७ घण्टापछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन १ सय ५४ जना नेपाली सेना, सय बढी नेपाल प्रहरी र एक सय २० जना सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । त्यस्तै आगो नियन्त्रण लिनका लागि विभिन्न निकायका १० दमकलको प्रयोग गरिएको थियो । 

आगलागीबाट ९४ घरमा पूर्ण क्षति र ९ घरमा आंशिक क्षति पुगेको छ । हालसम्म संकलन भएको तथ्याङ्कअनुसार उक्त क्षेत्रमा आगलागीबाट कुल १ करोड ६२ लाख ८५ हजार को क्षति भएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए ।  घटनास्थलको क्षतिपूर्ति संकलन गर्ने कार्य चलिरहेको हुँदा उक्त तथ्यांक घटबढ हुनसक्ने नगरप्रमुख मण्डलले बताए । 

आगलागीबाट पीडित परिवारलाई २० हजारका दरले राहत रकम उपलब्ध गराउने जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।