नेभिगेशन
सबै कुरा

महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै

महोत्तरी । अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ । गत बुधबारको आगलागीले घर गुमाएका परिवारलाई आज बिहान जनकपुरधामस्थित न्यूरो हस्पिटल तथा रिसर्च सेन्टरले राहत सामग्री प्रदान गरेको छ ।

बुधबार मध्याह्नको आगलागीमा सो बस्तीका एक सय १० घर   जलेका थिए । आगोले अन्य ५० घरको अन्न, लुगाफाटा र अन्य सामग्रीमा क्षति भएको थियो । अग्निपीडित परिवारलाई मटिहानी नगरपालिकाले तत्काल तयारी खाना, पानी र ओतका लागि त्रिपाल उपलब्ध गराएको छ । पालिकाले चामल र रु पाँच हजार नगद नगरपालिकाले उपलब्ध गराएको छ । यसैगरी रेडक्रस महोत्तरी शाखाले भाँडाकुँडा उपलब्ध गराएको छ भने मटिहानी–८ का सुनचाँदी व्यवसायी जयशङ्कर गुप्ता र जलेश्वर–२ का मनुराज चौधरीले राहत सामग्री सहयोग गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति महोेत्तरीले अग्निपीडित परिवारलाई रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

Global Ime Bank

यसैबीच, सरकारले जरलहवागाछी बस्तीको आगलागी घटनाबारे वास्तविक अवस्था पहिचान गर्न टोली परिचालन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य र प्राधिकरणकै उपसचिव डा डिजन भट्टराई र डढेलोविज्ञ सुन्दर शर्मा छन् ।

टोलीले क्षतिको यकिन गरी  पीडितलाई राहत तथा पुनःस्थापनाका लागि तीनै तहका सरकारसँग समन्वय गरी गरिनुपर्ने कामबारे सुझाव दिने प्राधिकरणले जनाएको छ । बस्तीका अग्निपीडितलाई आवश्यक राहत जुटाउन सहयोग गरीदिन मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले लगातार सार्वजनिक अपिल गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

“यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ,...
प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरे ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ? |