नेभिगेशन
सबै कुरा

महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै

महोत्तरी । अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ । गत बुधबारको आगलागीले घर गुमाएका परिवारलाई आज बिहान जनकपुरधामस्थित न्यूरो हस्पिटल तथा रिसर्च सेन्टरले राहत सामग्री प्रदान गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार मध्याह्नको आगलागीमा सो बस्तीका एक सय १० घर   जलेका थिए । आगोले अन्य ५० घरको अन्न, लुगाफाटा र अन्य सामग्रीमा क्षति भएको थियो । अग्निपीडित परिवारलाई मटिहानी नगरपालिकाले तत्काल तयारी खाना, पानी र ओतका लागि त्रिपाल उपलब्ध गराएको छ । पालिकाले चामल र रु पाँच हजार नगद नगरपालिकाले उपलब्ध गराएको छ । यसैगरी रेडक्रस महोत्तरी शाखाले भाँडाकुँडा उपलब्ध गराएको छ भने मटिहानी–८ का सुनचाँदी व्यवसायी जयशङ्कर गुप्ता र जलेश्वर–२ का मनुराज चौधरीले राहत सामग्री सहयोग गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति महोेत्तरीले अग्निपीडित परिवारलाई रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

Ncell
Extreme Energy

यसैबीच, सरकारले जरलहवागाछी बस्तीको आगलागी घटनाबारे वास्तविक अवस्था पहिचान गर्न टोली परिचालन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य र प्राधिकरणकै उपसचिव डा डिजन भट्टराई र डढेलोविज्ञ सुन्दर शर्मा छन् ।

टोलीले क्षतिको यकिन गरी  पीडितलाई राहत तथा पुनःस्थापनाका लागि तीनै तहका सरकारसँग समन्वय गरी गरिनुपर्ने कामबारे सुझाव दिने प्राधिकरणले जनाएको छ । बस्तीका अग्निपीडितलाई आवश्यक राहत जुटाउन सहयोग गरीदिन मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले लगातार सार्वजनिक अपिल गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।