नेभिगेशन
सबै कुरा

सहकारी समस्या समाधान गर्न फास्ट ट्रयाकमा काम गर्ने निर्णय गरेको भन्दै पीडितले दिए गृहमन्त्रीलाई धन्यवाद

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारवाही गर्ने स्पष्ट पारेका छन् । 

शुक्रबार सिंहदरबारमा सहकारी पीडितसँगको छलफलका क्रममा गृहमन्त्री लामिछानेले सहकारी समस्या समाधान गर्न आवश्यक कानून निर्माण गरी तत्काल काम सुरु गर्ने निर्णय भइसकेको भन्दै बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारवाही गर्ने स्पष्ट पारेका हुन् । 

Global Ime Bank

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालकको सम्पत्ति छानविन गर्ने र आफन्तको नाममा राखिएको सम्पत्तिबाट भएपनि रकम फिर्ता गर्ने अवस्था सिर्जना गर्ने उनले बताए । 

उनले सहकारी प्रकरणमा निकै मेहनत गरिरहेको भन्दै फरार सहकारी सञ्चालकलाई समेत छिट्टै कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाए ।  अनेकौँ आरोप खेपेर भएपछि सहकारी प्रकरणको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भन्दै उनले प्रतिवेदनका आधारमा समाधान खोज्ने क्रम सुरु भएको धारणा राखे । 

सहकारी समस्या समाधान गर्न सरकारले फास्ट ट्रयाकमा काम गर्र्ने निर्णय गरेको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिन सहकारी पीडितहरु सिंहदरबार पुगेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

“यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ,...
प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरे ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ? |