नेभिगेशन
सबै कुरा

एन्टोन चेखोभको कथा ‘बाजी’लाई नाटकका रुपमा मञ्चमा ल्याउँदै रङ्गकर्मी परियार

काठमाडाैँ । रूसी नाटककार, लघुकथाकार एन्टोन चेखोभको कथा ‘बाजी’ नेपालमा नाटकका रुपमा मञ्चन हुने भएको छ  । चेखोभले सन् १८८९ मा चेखोभले लेखेको कथा बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नाटक बाजी’ यही बैशाख २४ गतेदेखि ३० गतेसम्म हरेक साँझ ५ः ३० बजे मञ्चन हुने भएको छ । नाटक बाजीलाई रङ्गकर्मी रविन परियारले नाट्य रूपान्तरण र निर्देशन गर्ने थिएटरले बताएको छ । 

Ncell
Extreme Energy

‘एन्टोन चेखोभ आफूलाई मनपर्ने नाटककार तथा कथाकार भएकाले उनको रचनालाई आफूले मञ्चमा देखाउने रहर रहेको र सोही रहरअनुसार उनको कथालाई नाटकका  रुपमा प्रस्तुत गर्न लागेको हुँ’, रङ्गकर्मी परियारले बताए  । 

नाटकमा रविनका साथै गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना र जय प्रकाश ताजपुरियाको अभिनय रहने थिएटरले जनाएको छ  । 

नाटकमा अनुप तिमिल्सिनाले सङ्गीत संयोजन गर्नेछन् भने प्रकाशले परिकल्पना र प्रेम चन्द पाण्डेयले सञ्चालन गर्नेछन् । त्यस्तै संगीता उराँवले भेषभुषाको परिकल्पना गर्नेछिन् भने धनराज सुनार र गोविन्द ओलीले सेट परिकल्पना र निर्माण गर्नेछन् । त्यस्तै अरविन्द कुमार मौर्यले सङ्गीत सञ्चालन गर्ने भएका छन्। 

विगत ६ वर्षयता नाट्य क्षेत्रमा लागेका धादिङका रविन परियारले दर्जनौँ नाटकमा अभिनय गरिसकेका छन् । उनले सानो वृत्तमा कमिलाहरु, म क्षमा माग्दिनँ, आधीँको मनोरम नृत्य, कल्पना र उर्मिला दुःखमा छन्, साना माछा ठूला माछा, हिउँको पृथ्वी यात्रा, मेटाफिजिक्स, मधेशतिर लगायत थुप्रै नाटकको आफ्नो कला प्रस्तुत गरिसकेका छन्  ।

स्वदेशी तथा विदेशी रचनामा रङ भरिसकेका परियारले यतिबेला भने चेखोभको रचनालाई नाटकमा प्रस्तुत गर्न लागेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।