नेभिगेशन
सबै कुरा

एन्टोन चेखोभको कथा ‘बाजी’लाई नाटकका रुपमा मञ्चमा ल्याउँदै रङ्गकर्मी परियार

काठमाडाैँ । रूसी नाटककार, लघुकथाकार एन्टोन चेखोभको कथा ‘बाजी’ नेपालमा नाटकका रुपमा मञ्चन हुने भएको छ  । चेखोभले सन् १८८९ मा चेखोभले लेखेको कथा बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको हो । 

‘नाटक बाजी’ यही बैशाख २४ गतेदेखि ३० गतेसम्म हरेक साँझ ५ः ३० बजे मञ्चन हुने भएको छ । नाटक बाजीलाई रङ्गकर्मी रविन परियारले नाट्य रूपान्तरण र निर्देशन गर्ने थिएटरले बताएको छ । 

Global Ime Bank

‘एन्टोन चेखोभ आफूलाई मनपर्ने नाटककार तथा कथाकार भएकाले उनको रचनालाई आफूले मञ्चमा देखाउने रहर रहेको र सोही रहरअनुसार उनको कथालाई नाटकका  रुपमा प्रस्तुत गर्न लागेको हुँ’, रङ्गकर्मी परियारले बताए  । 

नाटकमा रविनका साथै गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना र जय प्रकाश ताजपुरियाको अभिनय रहने थिएटरले जनाएको छ  । 

नाटकमा अनुप तिमिल्सिनाले सङ्गीत संयोजन गर्नेछन् भने प्रकाशले परिकल्पना र प्रेम चन्द पाण्डेयले सञ्चालन गर्नेछन् । त्यस्तै संगीता उराँवले भेषभुषाको परिकल्पना गर्नेछिन् भने धनराज सुनार र गोविन्द ओलीले सेट परिकल्पना र निर्माण गर्नेछन् । त्यस्तै अरविन्द कुमार मौर्यले सङ्गीत सञ्चालन गर्ने भएका छन्। 

विगत ६ वर्षयता नाट्य क्षेत्रमा लागेका धादिङका रविन परियारले दर्जनौँ नाटकमा अभिनय गरिसकेका छन् । उनले सानो वृत्तमा कमिलाहरु, म क्षमा माग्दिनँ, आधीँको मनोरम नृत्य, कल्पना र उर्मिला दुःखमा छन्, साना माछा ठूला माछा, हिउँको पृथ्वी यात्रा, मेटाफिजिक्स, मधेशतिर लगायत थुप्रै नाटकको आफ्नो कला प्रस्तुत गरिसकेका छन्  ।

स्वदेशी तथा विदेशी रचनामा रङ भरिसकेका परियारले यतिबेला भने चेखोभको रचनालाई नाटकमा प्रस्तुत गर्न लागेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

“यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ,...
प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरे ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ? |