नेभिगेशन
सबै कुरा

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा रु दुई अर्ब ३५ करोड राजश्व सङ्कलन

महोत्तरी । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु दुई अर्ब ३५ करोड ९१ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । 

कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रु दुई अर्ब ३५ करोड ९१ लाख २८ हजार सय ४० राजश्व सङ्कलन गरेको बताए ।

Global Ime Bank

सो अवधिमा रु दुई अर्ब ८० करोड ८४ लाख ७७ हजार आठ सय ९ राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो । आयात तथा निर्यातमा भएको कमी र विश्वव्यापी आर्थिक आर्थिकमन्दीका कारण राजश्व निर्धारित लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको गुप्ताको भनाइ छ । त्यसैगरी भारत सरकारले प्याजलगायत अन्य सामानको आयातमा लगाएको प्रतिबन्धका कारण पनि राजश्व सङ्कंलनमा समस्या आएको समेत उनले बताए ।

सङ्कलित राजश्वमध्ये पेट्रोलियम पदार्थवाट ५३ दशमलव ९१ प्रतिशत अर्थात रु एक अर्ब ३५ करोड, कोइलाबाट आठ दशमलव तीन, आलुबाट चार दशमलव तीन, चामलबाट तीन दशमलव दुई, मिठा (गुड) बाट दुई दशमलव तीन,  सेरामिक्स तथा टायलवाट एक दशमलव १४, स्याउवाट शून्य दशमलव ६१, मसालाबाट एक दशमलव ७५, प्याजबाट शून्य दशमलव ४९, धानबाट शून्य दहमलव ५७ तथा अन्य सामानवाट एक दशमलव १४ प्रतिशत राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  त्यसैगरी विभिन्न मितिमा पक्राउ गरिएका सामानहरूको लिलामीबाट रु दुई करोड ६६ लाख ८८ हजार राजश्व सङ्कलन भएको पनि तथ्याङ्मा उल्लेख छ ।

भन्सार विभागले चालु आवमा रु तीन अर्ब ७३ करोड २३ लाख ६२ हजार छ सय ८७ राजश्व संकलन गर्ने लक्ष्य तोकेको र सो लक्ष्यबमोजिम राजश्व सङ्कलन गर्ने विश्वास रहेको सूचना अधिकारी गुप्ताको भनाइ छ । सो कार्यालयअन्र्तगत रहेका छोटी भन्सार कार्यालयबाट पनि लक्ष्यभन्दा कम राजश्व संकलन भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

“यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भने, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ,...
प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरे ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ?

रसुवागढीमा वितण्डा मच्चाउने बाढी, के के भयो ? |