नेभिगेशन
सबै कुरा

पार्टीभित्र देखिएको चूनौतिको सामना गर्न पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउन देउवाको आग्रह

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिले पार्टीभित्र देखिएको चूनौतिको सामना गर्न पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।  

नेपाल लोकतान्त्रिक खेलकुद संघको १० औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा देउवाले अहिले देशभित्र निकै चुनौति देखिएको भन्दै यसलाई सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

यसअघि जस्तै अहिलेको चूनौति समाधान गर्न कांग्रेस सफल हुने उनको विश्वास छ । सभापति देउवाले देशमा खेलकुद प्रति युवाहरुको आकर्षण रहेको भन्दै खेल क्षेत्रको बिकासमा सवै गम्भीर भएर लाग्नुपर्ने धारणा राखे।

त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले खेलकुदमा जस्तै नेपाली राजनीतिमा अनुशासन कायम गर्नुपर्ने बताए । उनले गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भएको र नेपालको राजनीति गम्भीर घुम्तीमा पुगेको धारणा राखे ।

उनले राजनीतिलाई सहि ट्रयाकमा ल्याउने काम कांग्रेसकै भएकाले निराशालाई आशामा बदल्ने जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै