नेभिगेशन
सबै कुरा

गर्मीका कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा

काठमाडाैँ । अत्याधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका नौ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिने भएको छ । दिउँसोको गर्मीका कारण विद्यार्थीलाई समस्या भएपछि नगर कार्यपालिकाको बैठकले कोशी किनारमा सञ्चालित नौवटा सामुदायिक विद्यालयमा बिहान ६ बजेदेखि ११ बजेसम्म पठनपाठन गर्ने/गराउने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दूधकोशी र सुनकोशी किनारमा पर्ने वडा नं १, २, ४, ५, ८, ९ र १० को एक÷एकवटा तथा वडा नं ११ का दुईवटा विद्यालयको पठनपाठन समय परिवर्तन गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

Ncell
Extreme Energy

“नौवटा विद्यालय कोशी किनारमा पर्छ । लामो समयको खडेरीका कारण गर्मी बढेसँगै ती विद्यालयहरुमा पठनपाठन प्रभावित भएको थियो”, उनले भनिन्, “गर्मीका कारण पठनपाठनमा समस्या भएको खण्डमा अन्य विद्यालयको समय पनि क्रमशः परिवर्तन गरिनेछ । गर्मी प्रभावित क्षेत्रका अन्य विद्यालयको समय परिवर्तन गर्ने अधिकार सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई दिने बिहीबार बसेको नगर कार्यपालिका बैठकबाटै निर्णय गरेका छौँ ।”

नगर कार्यपालिकाको आकस्मिक बैठकले गरेको निर्णयअनुसार कोशी किनारका नौँवटा सामुदायिक विद्यालयमा आइतबारदेखि बिहानको समयमा कक्षा सञ्चालन गर्ने तयारी गरिएको विद्यालय प्रशासनले जनाएको छ । 

एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा ९० वटा समुदायिक र चारवटा संस्थागत विद्यालय सञ्चालनमा छन् । सामुदायिक र संस्थागत गरी ९४ वटा विद्यालय सञ्चालनमा रहेको हलेसी तुवाचुङ नगरपालिकामा छ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । 

नगरपालिका क्षेत्रभित्र पर्ने कोशी किनारको तापक्रम दिउँसोको समयमा ४० डिग्री सेल्सियसभन्दा बढी हुने गरेको नगरपालिकाले जनाएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा लामो समयको खडेरीका कारण अधिकांश क्षेत्रमा अहिलेसम्म खेतीपातीसमेत लगाइएको छैन । 

लेकाली क्षेत्रमा पर्ने अर्खौले, नवलपुर, राजापानीको माथिल्लो भागमा लगाइएको मकै, आलु लगायतका बालीसमेत खडेरीले सुकेको पाइएको छ । 

लामो समयको खडेरीका कारण खेतीपाती गर्न नपाउँदा हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश ठाउँमा बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन् । अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका स्थानीय बासिन्दाहरु यस वर्ष समयमा पानी नपर्दा अर्को वर्ष भोकमरी हुनेमा चिन्तित बनेका हुन् । 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सुक्खाग्रस्त क्षेत्र हलेसीमा तीन वर्षअघि पनि खडेरीले समस्या भएको थियो । तत्कालीन समयमा नगर प्रमुख इवन राईको नेतृत्वमा सञ्चालित नगरपालिकाले नगरवासीलाई राहतसमेत उपलब्ध गराएको थियो । 

सुक्खाग्रस्त क्षेत्र भएका कारण हिउँदको समयमा खेतीपातीको काम नहुँदा हलेसी नगरपालिकाका अधिकांश युवा ज्यालामजदुरी गर्न अन्यत्र जाने गरेका छन् । वर्षायाम शुरु भएपछि गाउँ फर्किएर खेतीपाती गर्दै आएका उनीहरु यस वर्ष अहिलेसम्म वर्षा नहुँदा आफ्नो गाउँ फर्किएका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...

भर्खरै