नेभिगेशन
सबै कुरा

टी २० सिरिजको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिजलाई ६ विकेटले हरायो

काठमाडौँ ।टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भने वेष्ट इन्डिज ‘ए’लाई चार विकेटले हराएको थियो । नेपाल त्यसपछिको दोस्रो खेलमा १० रन, तेस्रो खेलमा ७६ रन र चौथो खेलमा २८ रनले पराजित भएको थियो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७२ रन बनायो । वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २९ बल खेल्ने क्रममा एक चौका र तीन छक्का प्रहार गरे । 

CG

यस्तै रोस्टन चेसले ३३ रन बनाए । उनले २१ बल खेल्ने क्रममा पाँच चौका हाने । जोनसन चाल्र्सले २४, म्याथ्यु फर्डले २३, कदीम एलियनले ११ र मार्क दयालले ११ रन बनाए । 

बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले तीन तीन तथा अभिनाश बोहराले एक विकेट लिए । 

एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥र्यो । अठारौँ ओभरमा कुशल मल्लले पाँच बलमै २२ रन हानेपछि नेपाललाई विजयी बन्न सहज भएको हो । सो ओभरमा मल्लले चार चौका र एक छक्का प्रहार गरे । उनले १८ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ३७ रन बनाए ।  

त्यस्तै आसिफ शेखले ५१ रनको योगदान दिए । उनले ३५ बलमा दुई चौका र चार छक्का हाने । अनिल शाहले ४५ बलमा चार चौका र चार छक्कासहित ५८ रन बनाए । कुशल भुर्तेलले १३ र दीपेन्द्रसिंह ऐरीले ५ रन बनाए । 

बलिङतर्फ वेष्ट इन्डिज ‘ए’का ओबेद म्याककोयले तीन तथा म्याथ्यु फर्डले एक विकेट लिए ।  







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।