नेभिगेशन
सबै कुरा

चोरले एक तोला सुन निलेपछि...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए । परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट रु १५ हजार नगद बरामद गरिएको थियो । 

Dish Home
Global Ime Bank

तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो । “निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो”, सूचना अधिकारी कुशवाहाले भने। उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो । 

गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई रु एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ

लामो समय देखि फरार रहेको भनिएकी रोकालाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले काठमाडौबाटै पक्राउ गरेको जनाएको छ ।
पोखरिया नगरपालिकाका प्रशासन विभाग प्रमुख सन्दिप साह अख्तियारको नियन्त्रणमा

पोखरिया नगरपालिकाका प्रशासन विभाग प्रमुख सन्दिप साह अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाको पोखरिया नगरपालिकाका जिन्सी शाखा, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दिप साहलाई नियन्त्रणमा लिएको छ । मेयर प्रदुमन चौहानका विश्वास मानिने उनलाई...
पोखरिया नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात र विद्युतिय उपकरण बरामद

पोखरिया नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात र विद्युतिय उपकरण बरामद

पर्सा जिल्लाको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । विभिन्न योजना, खरिद प्रक्रिया तथा कर्मचारी नियुक्तिमा अनियमितता र अवैध क्रियाकलापको आशंकामा छापा मारिएको आयोगले...
मितेरी बचत ठगीः कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुर भण्डारीले दुईओटा नागरिकता र पासपोर्ट लिएको खुल्यो

मितेरी बचत ठगीः कम्बोडियामा पक्राउ परेका ज्योतिबहादुर भण्डारीले दुईओटा नागरिकता र पासपोर्ट लिएको खुल्यो

प्रतिवादी भण्डारीले कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुई वटा राहदानी पनि लिएको पाइएको छ ।