नेभिगेशन
सबै कुरा

ठमेलबाट ४५ लाख नगदसहित ३ जना पक्राउ

काठमाडौँ । हुन्डी कारोबारको आशङ्कामा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) ले ४५ लाख नगद सहित फरक फरक स्थानबाट ३ जनालाई नियन्त्रणमा लिएको छ । 

सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीकाअनुसार सोमबार चलाईको अपरेसनमा ठमेलको जियाङसो होटलबाट शंकास्पद झण्डै ३६ लाख रुपैयाँ नेपाली रकमसहित एक चिनियाँ र अर्को एक स्थानबाट ९ लाख रुपैयाँ नगदसहित एक जना नागरिक पक्राउ परेका छन् । 

City Express

बोगटीकाअनुसार प्रहरीले जियाङसो होटलका सञ्चालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  ‘शंकास्पद हुन्डी कारोबारको सूचनाका आधारमा अपरेसन चलाइएको हो,’ एसपी बोगटीले भने, ‘एक नेपालीसहित फरक फरक स्थानबाट झण्डै ४५ लाख नगदसहित  ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढेको छ ।’ पक्राउ परेकाहरुबारे विस्तृत अनुसन्धान अझै बाँकी रहेकाले थप विषय स्पष्ट हुँदै जाने पनि उनले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै